महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।
धनगढीः गत चैत १५ गते बसेको सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् बैठकले धनगढी सहित डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। निर्णय गरेको झण्डै साढे चार महिनापछि प्रदेशको अस्थायी मुकाम धनगढीमा सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी प्रदेश सरकारले प्रयोगशाला स्थापना गर्यो।
रुसले कोरोना विरुद्धको खोप आफुले निर्माण गर्न सफल भएको दाबी गरेको छ । के अब यसले कोरोना भाइरस विरुद्धको लडाँइलाई जित्नसंसारभर रुसले बनाएको भनेको यो खोपबारे निकै चर्चा चलिरहेको छ । रुसले भोलि १२ अगस्टमा कोरोना विरुद्धको खोप दर्ता गर्ने जनाएको छ ।
डडेल्धुरा सदरमुकामको साघुँरो सडकका कारण दैनिकजसो त्यहाँ जाम लाग्ने गर्छ। जसका कारण स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ। यतिसम्मकी साघुँरो सडकका कारण दुर्घटनाका जोखिम समेत रहेको छ।
लगातारको अविरल बर्षाले बूढीगंगा नदिको अवस्था अवलोकन गर्न सरोकारवालाको टोली बाजुराको सिमानासम्म पुगेको छ । बाजुराको ताप्रीसेरा-अम्कोट - द्वारी क्षेत्रमा यसअघि नै पहिरो गएर बूढिगंगा नदिमा मिसिएपछी अछाममा पनि बाढीको जोखिम बढेको हो ।
नेपालि काङ्ग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नम्बर २ अछामको बैठक सम्पन्न भएको छ । क्षेत्रिय सभापति लक्ष्मण शाहको अध्यक्षतामा भएको बैठकले छलफल गरी नेपाली काङ्ग्रेस अछामले कृयासिल सदस्यता नविकरण फारम, नयाँ क्रियाशिल सदस्य फारम क्षेत्रिय र्कायसमितिलाई उपलब्ध गराए पछि आगामी भदौ ७ गते क्षेत्रिय कार्यसमितिको बैठकबाट अगाडी बढ्ने निर्णय गरेको छ ।
टेलिभिजन कार्यक्रममा एक प्रस्तोताले आफूमाथि असभ्य टिप्पणी गरेको भन्दै नायिका पूजा शर्माले आक्रोश पोखेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानी गरिएको बताएकी छन्
कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । किशोरीलाई ब'ला'त्का'र आरोमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले कारागार चलान गर्ने निर्णय गरेको हो ।
बागलुङ सदरमुकाममा रहेका होटलहरूले सलह कीरा संकलन गरी परिकार बनाएर बेच्न थालेका छन्। होटलका लागि आवश्यक सलह टिप्न बागलुङका बालबालिकाहरू पर्वतको कुस्मा नगरपालिका-१ स्थित पाङसम्म आउने गरेका छन्। कोरोनाको जोखिमका कारण विद्यालय बन्द रहेकाले केही बालबालिकाहरू सलह टिप्न छिमेकी जिल्लासम्म आउने गरेका हुन्। होटलहरूले पिउनेपानीको बोतलभरि सलह लिएर जाने बालबालिकालाई १०० रुपैयाँ दिने गरेका छन्। पाङमा सलह छोप्दै गरेका एक बालकले भने, 'सलह बेचेर आएको पैसा ममी (आमा) लाई राख्न दिएको छु, विद्यालय खुलेपछि कापीकलम किन्न काम लाग्छ।'
पछिल्लो २४ घण्टामा ४१ जिल्लामा कोभिड-१९ का संक्रमित फेला परेका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६२२ जनाको नमुना परीक्षणका क्रममा ३६० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितहरुको संख्या २१ हजार ७५० पुगेको छ।
धनगढी : अनेरास्ववियुका केन्द्रिय सदस्य युवराज कुवँरले जन्मदिनको अवसरमा सहयोग गरेका छन । आफ्नो जन्मदिनको अवसरमा कुवरले एसटिएस रोगबाट ग्रसित भएका व्यक्तिलाई सहयोग गरेका हुन ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गरेका छन् ।
साउन १७, २०७७ काठमाडौं : गत माघमा पहिलो संक्रमित भेटिएको नेपालमा शनिबार २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३१५ जना नयाँ संक्रमित भेटिएसँगै देशभर कोरोनाका बिरामीको आँकडाले २० हजार पार गरेको हो। यस्तोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक नागरिकलाई खबरदारी गरिरहेको छ।
काठमाडौं: अद्यावधिक तथ्यांक अनुसार नेपालमा थप २७४ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप २७४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।