Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

भौतिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनको अपील

भौतिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनको अपील

१९ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गरेका छन् ।

नेपालमा लकडाउन खुला गरेपछि पछिल्लो समय कोरोना संक्रमण बढ्दो छ । मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगर्दा पनि संक्रमण बढ्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलर भन्छन्, ‘हामीले एक अर्काबीच कम्तीमा १ मिटरको दुरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्छौं । हामी आफै संक्रमित भए अरुलाई पनि संक्रमण बनाउन सक्छौं ।’

भौतिक दुरी कायम गर्न नसकिने ठाउँमा मास्क प्रयोग गर्न समेत उनले सुझाएका छन् । भ्याण्डेलर भन्छन्, ‘अर्को सरल उपाय नियमित हात धुने पनि हो । मेरो सबै नेपालीलाई बिनम्र अनुरोध छ, दूरी बढाउँ, संक्रमणबाट जोगिऔं ।’ अनलाइनखबरबाट

प्रतिक्रिया