Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

थप २७४ जनामा काेराेना संक्रमण देखियाे

थप २७४ जनामा काेराेना संक्रमण देखियाे

काठमाडौं: अद्यावधिक तथ्यांक अनुसार नेपालमा थप २७४ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप २७४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे अध्यावधिक विवरण अनुसार बिहिवार नेपालमा थप २७४ जनामा कोरोना देखिएको छ ।

आज पीसीआर विधिबाट ६ हजार ३०४  जनाको नमुना परीक्षण भएको छ । परीक्षण भएको छ । त्यस्तै देशभर १३ हजार २०१ जना क्वारेन्टाइन रहेका छन्  ।

त्यस्तै आज थप २२७ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेकाे संख्या १४२४८ पुगेकाे छ ।

प्रतिक्रिया