जेष्ठ नागरिक र बालबालिकालाई घरबाट ननिस्कन मन्त्रालयको अनुरोध
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न पुन: निर्देशन दिएको छ । कोरोनाभाइरसको संक्रमण रहे/नरहेको पत्ता लगाउनका लागि गरिने आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश र स्थानीय तह तथा अस्पतालहरुलाई मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशन दिएका छन् ।
नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले साउन १४ गतेको निर्णय अनुसार आरडीटी परीक्षण नगर्न पुन: जानकारी गराइएको बताए ।
यसैबीच प्रदेश २ को वीरगन्ज र जनकपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले विज्ञ टोली त्यसतर्फ पठाएको छ । मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशन डा.दीपेन्द्र रमण सिहंको नेतृत्वमा उच्चस्तरीय टोली वीरगन्ज पठाइएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । यस्तै आवश्यक परेको स्थाानमा पनि विज्ञ टोली परिचालन गर्ने मन्त्रालयको तयारी भइरहेको उनले बताए ।
सरकारले वृद्ध तथा बालबालिकाहरुलाई घरमै बस्न आग्रह गरेको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । मन्त्रालयले ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १२ वर्षमुनीका बालबालिकाहरुलाई काठमाडौंजस्ता घना बस्ती भएका ठाउँहरु बाहिर ननिस्कन अनुरोध गरेको हो ।
प्रवक्ता गौतमले कोरोना संक्रमितको संख्या बढिरिहेपनि निको हुने दर पनि राम्रो भएको बताए । उनले निको हुने दर ७२ प्रतिशत रहेको जानकारी दिएका छन् । कोरोना संक्रमण हुँदैमा नडराउन तर सावधानी अपनाउन उनले आग्रह गरे । ८० प्रतिशत संक्रमितहरु कुनै समस्या बिना नै निको भएको प्रवक्ता गौतमको भनाइ छ ।कान्तिपुर
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया