Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

भोली रुसले कोरोना विरुद्धको औषधि लन्च गर्ने भएको छ - सफलताको कामना

भोली रुसले कोरोना विरुद्धको औषधि लन्च गर्ने भएको छ - सफलताको कामना

रुसले कोरोना विरुद्धको खोप आफुले निर्माण गर्न सफल भएको दाबी गरेको छ । के अब यसले कोरोना भाइरस विरुद्धको लडाँइलाई जित्नसंसारभर रुसले बनाएको भनेको यो खोपबारे निकै चर्चा चलिरहेको छ । रुसले भोलि १२ अगस्टमा कोरोना विरुद्धको खोप दर्ता गर्ने जनाएको छ ।

रुसका उपस्वास्थ्य मन्त्री ओलेग ग्रीडनेभले १२ अगस्टमा कोरोना भाइरस विरुद्धको खोप दर्ता गर्ने र आगामी महिनाबाट उत्पादन सुरु गर्ने जानकारी दिनुभएको छ । उहाँले खोप बताउनुभयो । यो खोप रक्षा मन्त्रालय र गामलेया रिसर्च इन्स्टिच्यूटले संयुक्त रुपमा विकास गरेका हुन् ।

रुसले मानिसमा गरिएको अन्तिम चरणको खोपको परीक्षण सफल भएको र छिट्टै बजारमा खोप ल्याउने बताएको छ । जुन १८ देखि क्लिनिकल ट्रायल भएको थियो । परीक्षणमा सहभागी सबैको रोग प्रतिरक्षा विकास भएको पाइएको थियो । पहिलो चरणको परीक्षणमा सहभागि भएकालाई जुलाई १५ र दोस्रो चरणकोलाई जुलाइ २० मा डिस्चार्ज गरिएको थियो ।

स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले सेप्टेम्बरको अन्त्यसम्ममा खोपको उत्पादन हुने बताउनुभयो । संसारभर सय भन्दा बढी खोपको परीक्षण भइरहेको छ जसमा केहीको अन्तिम परीक्षण चलिरहेको छ यद्यपी हालसम्म आधिकारिक रुपमा कोरोना विरुद्धको खोप आइसकेको छैन ।

रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेशन मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तारासोवाले भन्नुभएको छ विश्वकै पहिलो कोरोना भाइरसको खोपको क्लिनिकल ट्रायल सफलतापूर्वक पुरा भएको छ ।उंहाका अनुसार मास्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले उक्त परीक्षण गरेको हो । यस अनुसार कोरोना भाइरस विरुद्धको यो खोप मान्छेका लागि अब सुरक्षित छ ।

युनिभर्सिटीले १८ जुनमा रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायलोजीद्वारा निर्मित यस खोपको क्लिनिकल ट्रयल सुरु गरिएको थियो । सेचेनोफ युनिभर्सिटीका एक अर्का वरिष्ठ अधिकारी एलेक्जन्डर लुकाशेव भन्छन्, ‘खोप परीक्षणको उदेश्य यो कुरा सुनिश्चित गर्नु थियो कि खोप व्यक्तिका लागि सुरक्षित छ वा छैन । परीक्षण सफलतापूर्वक सम्पन्न भयो

 

प्रतिक्रिया