सुनको भाउमा ठूलो गिरावट
२८ साउन, काठमाडौं । सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।
एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तोकेको छ ।
यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।
कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मूल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
अनेक बहानामा बयालपाटा अस्पताललाई बजेट दिन मान्दैन प्रदेश सरकार, अस्पतालको सेवा प्रभावित
-
भीम रावललाई निषेध माथि निषेध गर्ने प्रपञ्च
-
छैठौं साँफेबगर महोत्सबको आय व्यय सार्वजनिक ९३ लाख संकलन, ५२ लाख बढि बचत
-
छैठौं साँफेबगर महोत्सबको आय व्यय फाल्गुन ३० गते सार्वजनिक गरिने
-
ट्रकबाट सल्किएको आगोले कर्णाली पुलमा भएको क्षतिको अध्ययन गर्दै प्राविधिक टोली
प्रतिक्रिया