Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

मुख्य समाचार

नेपाली कांग्रेसले आज ६ जिल्लाको अधिवेशन गर्दै

नेपाली कांग्रेसले आज ६ जिल्लाको अधिवेशन गर्दै

नेपाली कांग्रेसको ६ जिल्लामा आज नेतृत्व चयनका अधिवेशन हुँदै छ। पर्सा, कैलाली, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली र सर्लाहीमा आज अधिवेशन हुन लागेको हो। आज संसद नभएका छ जिल्लामा अधिवेशन हुन लागेको र बाँकी अन्य १० जिल्लाको अधिवेशन यहि फागुन २० गतेसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए। रिजालका अनुसार बाँकी जिल्लाले कसैले १८ गते कसैले १९ गते निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको पनि बताए। १४ औं महाधिवेशन अन्तर्गत सिरहा, सप्तरी, रौतहट, धनुषा, पर्सा, बारा, महोत्तरी र सर्लाहीमा महाधिवेशन हुन बाँकी छ। यस्तै कैलाली, अछाम, बाँके, चितवन, मकवानपुर, सिन्धुली, पूर्वी नवलपरासी, सिन्धुपाल्चोकले महाधिवेशन गरेका छैनन्।

पत्रकार महासंघ सुदुरपश्चिम र नेशनल प्याथल्यावबिच पत्रकारलाई स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता

पत्रकार महासंघ सुदुरपश्चिम र नेशनल प्याथल्यावबिच पत्रकारलाई स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता

नेपाल पत्रकार पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश र धनगढीको नेशनल प्याथल्याव बिच पत्रकारलाई स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता भएको छ । मंगलबार पत्रकार महासंघ सूरपश्चिम प्रदेश सचिव हरि जोशी र ल्याबका प्रवन्धक हरी सिंह धामीबिच पत्रकार र पत्रकारका परिवारलाई स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौता अनुसार पत्रकार, सञ्चार गृहमा कार्यरत कर्मचारी र पत्रकारका परिवारलाई ल्याबले प्रदान गर्ने सेवा, स्वास्थ्य परीक्षण तथा सुविधामा ३० प्रतिशत छुट दिइने भएको छ। उक्त छुट पाउन पत्रकार महासंघको सिफारिस र परिचय पत्र अनिवार्य लग्नुपर्ने बताइएको छ । नियमित स्वास्थ्य परीक्षण गराउँदा विभिन्न रोगबाट बच्न सकिने हुँदा पत्रकार र उनका परिवारको हितका लागि यो सम्झौता गरिएको सचिव जोशीले बताए । पत्रकारका दैनिक क्रियाकलापल, खानपिन, रहनसहन, शारीरिक तथा मानसिक स्थितीले स्वास्थ्यमा धेरै प्रभाव पर्ने गर्दछ । कसैलाई भित्रभित्रै पत्थरको समस्या, फोक्सो र कलेजोको समस्या हुने तर लक्षण ढिलो देखिने प्याथ ल्यावका प्रबन्धक धामीले बताए । त्यस कारण नियमित स्वास्थ्य परीक्षण गराउँदा समयमै विभिन्न रोगहरु पत्ता लगाउन सकिने भएकाले यो सम्झौता गरिएको उनले बताए । यो सम्झौतापछि पत्रकार र पत्रकारका परिवार लगायतका सदस्य गरी प्रत्यक्षरुपमा करिब २० हजार बढी यो सहुलियतबाट लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।