Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०३ जेठ २०८१

मुख्य समाचार

स्वार्थले छिन्नभिन्न कम्युनिष्ट पार्टी

स्वार्थले छिन्नभिन्न कम्युनिष्ट पार्टी

नेपालमा कम्युनिष्ट पार्टी संस्थागत बनेको ७३ वर्ष पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनामा कम्युनिष्ट सिद्धान्त, विचार र मोडलभन्दा पनि स्मरण गर्न योग्य विषय भने विभाजन र टुटफुट हुने गरेको छ । अस्थिर नेतृत्व र व्यक्तिवादी चरित्रले कम्युनिष्ट पार्टीले ७३ वर्षमा ७३ भन्दा धेरै पटक विभाजनको चोट सहनु परेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थापनाको ७३ वर्ष पूरा भएको छ । २००६ सालमा भारतको कोलकातामा कम्युनिष्ट पार्टी स्थापना भएदेखि हालसम्म यो पार्टीको सबैभन्दा ठूलो विरासत नै फुटको श्रृंखला बनेको छ । पार्टी स्थापनाको ४६ वर्षपछि कम्युनिष्ट पार्टीका नेताहरुले सरकारको नेतृत्व सम्हालुन्जेल कयौँ पटक विभाजित भएको पार्टी त्यसपछि पनि विभाजनको शिलशिला रोकिएको छैन ।

७३ वर्षमा ७३ बढी टुक्रा नेपालमा कम्युनिष्ट: काँग्रेसको पछि लागेर वाम एकताको सपना

७३ वर्षमा ७३ बढी टुक्रा नेपालमा कम्युनिष्ट: काँग्रेसको पछि लागेर वाम एकताको सपना

आज नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस । एमाले माओवादी लगायतका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरेका छन । यस्ता कार्यक्रममा उनीहरु वाम एकता आवश्यक रहेको रेडिमेड भाषण गर्ने गरेपनि सबैभन्दा धेरै टुटफुटको श्रृङ्खला कम्युनिष्टहरुले नै ब्यहोरेका छन । आफूलाई मात्र सच्चा कम्युनिष्ट सोच्ने र अरु सबैलाई गद्धार मान्ने प्रवृत्तीका कारण नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७३ वर्षको अवधिमा ७३ भन्दा बढी पार्टीमा विभाजित भएको छ । विसं २००६ साल बैशाख ९ गते पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठले पहिलो पटक भारतको कोलकतामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।