Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २१ बैशाख २०८१

सुदूरपश्चिममा चुनावी तालमेलबारे सहमति जुटाउन गठबन्धनको अन्तिम प्रयास

सुदूरपश्चिममा चुनावी तालमेलबारे सहमति जुटाउन गठबन्धनको अन्तिम प्रयास

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धन चुनावी तालमेलबारे सहमति जुटाउन अन्तिम प्रयासमा जुटेको छ । भागबण्डामा कुरा नमिलेको अवस्थामा मित्रवत् प्रतिस्पर्धा गर्ने सैद्धान्तिक सहमतिसमेत गरिसकेका दलहरू अन्तिम प्रयासमा जुटेका हुन् ।

भागबण्डा मिलाउन शुक्रबार राति धनगढीमा बसेको गठबन्धनको प्रदेश स्तरीय बैठक निष्कर्षविहीन भए पनि शनिबार बिहानैदेखि नेताहरू पुनः छलफलमा सक्रिय भएका छन् तर प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले आ-आफ्नै अडान कायम राख्दा अहिलेसम्म सहमति जुट्ने संकेत नदेखिएको नेताहरूले बताएका छन् ।

शुक्रबारको बैठकमा नेताहरुबीच भागबण्डा मिलाउन अन्तिम समयसम्म प्रयास गर्ने नभएको खण्डमा मित्रवत् प्रतिस्पर्धा गरेर जाने सैद्धान्तिक सहमति भएको बताइएको छ । 

कैलाली, कञ्चनपुर, अछाम र डोटीमा गठबन्धनको जिल्लास्तरीय नेतृत्वले सहमति हुुन नसकेपछि भागबण्डा टुङ्ग्याउने जिम्मा प्रदेशलाई दिइएको थियो तर प्रदेशस्तरमा समेत सहमति हुन सकिरहेको छैन ।

प्रतिक्रिया