Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०३ जेठ २०८१

प्रहरीले साेधपुछपछि फिल्म निर्देशक सुदर्शन थापालाई छोड्याे

प्रहरीले साेधपुछपछि फिल्म निर्देशक सुदर्शन थापालाई  छोड्याे

एक गायिकामाथि करणी गरेको आरोपमा फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएका फिल्म निर्देशक सुदर्शन थापा छुटेका छन्।

एक टेलिभिजनमा अन्तरवार्ताका लागि पुगेका थापालाई सोधपुछका लागि भन्दै शनिबार महानगरीय प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएका थापालाई साेधपुछपछि प्रहरीले केहीबेर अघि छाेडेको छ।

थापा पल शाह अभिनित चलचित्र 'म यस्तो गीत गाउँछु २' का निर्देशक तथा निर्माता हुन्। सोधपुछकै लागि फिल्मकी अभिनेत्री तथा निर्माता पूजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारीमा रहेको बताइएको छ।

बुधबार जबरजस्ती करणीको मुद्दामा उजुरी परेपछि प्रहरी पलको खोजीमा छ। शुक्रबारदेखि पल अभिनित फिल्म म यस्तो गीत गाउँछु २ प्रदर्शनमा आएको छ। फिल्म प्रचारका क्रममा निर्माता थापा र अभिनेत्री शर्माले पलको पक्षमा बोल्दै आएका थिए। 

प्रतिक्रिया