Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०४ जेठ २०८१

पत्रकार महासंघ सुदुरपश्चिम र नेशनल प्याथल्यावबिच पत्रकारलाई स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता

पत्रकार महासंघ सुदुरपश्चिम र नेशनल प्याथल्यावबिच पत्रकारलाई स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता

नेपाल पत्रकार पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश र धनगढीको नेशनल प्याथल्याव बिच पत्रकारलाई स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता भएको छ । मंगलबार पत्रकार महासंघ सूरपश्चिम प्रदेश सचिव हरि जोशी र ल्याबका प्रवन्धक हरी सिंह धामीबिच पत्रकार र पत्रकारका परिवारलाई स्वास्थ्य परिक्षणमा छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार पत्रकार, सञ्चार गृहमा कार्यरत कर्मचारी र पत्रकारका परिवारलाई ल्याबले प्रदान गर्ने सेवा, स्वास्थ्य परीक्षण तथा सुविधामा ३० प्रतिशत छुट दिइने भएको छ।

उक्त छुट पाउन पत्रकार महासंघको सिफारिस र परिचय पत्र अनिवार्य लग्नुपर्ने बताइएको छ । नियमित स्वास्थ्य परीक्षण गराउँदा विभिन्न रोगबाट बच्न सकिने हुँदा पत्रकार र उनका परिवारको हितका लागि यो सम्झौता गरिएको सचिव जोशीले बताए ।

पत्रकारका दैनिक क्रियाकलापल, खानपिन, रहनसहन, शारीरिक तथा मानसिक स्थितीले स्वास्थ्यमा धेरै प्रभाव पर्ने गर्दछ । कसैलाई भित्रभित्रै पत्थरको समस्या, फोक्सो र कलेजोको समस्या हुने तर लक्षण ढिलो देखिने प्याथ ल्यावका प्रबन्धक धामीले बताए । त्यस कारण नियमित स्वास्थ्य परीक्षण गराउँदा समयमै विभिन्न रोगहरु पत्ता लगाउन सकिने भएकाले यो सम्झौता गरिएको उनले बताए ।

यो सम्झौतापछि पत्रकार र पत्रकारका परिवार लगायतका सदस्य गरी प्रत्यक्षरुपमा करिब २० हजार बढी यो सहुलियतबाट लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ । 

हेर्नुहोस् सम्झौतापत्र :

प्रतिक्रिया