Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०४ जेठ २०८१

सहकारीको ६ करोड लिएर भाग्ने अध्यक्ष र उपाध्यक्ष पक्राउ

सहकारीको ६ करोड लिएर भाग्ने अध्यक्ष र उपाध्यक्ष पक्राउ

 

सहकारीको ६ करोडभन्दा धेरै रकम दुरुपयोग गरेको आरोपमा अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । 

पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुद्देश्य सहकारी संस्थामा जम्मा गरेको ६ करोड २५ लाख रकम लिएर फरार भएका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई सिआईबीको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं-३० का ४२ वर्षीय बस्नेतलाई सीआईबीले अनामनगर र काठमाडौं-१६ पकनाजोलका ५७ वर्षीय पाण्डेलाई सोही स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूले सहकारीका १५ जना बचतकर्ताको रकम संस्थाको खातामा नराखी आफ्ना परिवारका सदस्य र आफन्तहरूको नाममा राखेर दुरुपयोग गरेका थिए ।

निक्षेपकर्ताहरूले जम्मा गरेको रकम माग्दा सहकारी संस्थामा ताला लगाएर उनीहरू भागको सीआईबीले जनाएको छ । उनीहरूमाथि कानुनी कारबाही भइरहेको उप-निर्देशक, प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया