Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

मुख्य समाचार

ताल फुटेर आएको बाढीले उजाड सैनीबजार , न स्वास भेटियो न लास !

ताल फुटेर आएको बाढीले उजाड सैनीबजार , न स्वास भेटियो न लास !

पुरानो बजारको रुपमा चिनिने सैनिबजार यतिखेर उजाड बनेको छ । साबिकको रामारोशन र भाटाकाटिया गाविसको व्यापारी केन्द्र हो सैनीबजार । साविकका दुई गाविसका दर्जनौं बस्तीको लागि आवश्यक पर्ने खाद्यन्न, लत्ताकपडा स्थानीय बजारबाट किन्न पाइन्थ्यो । स्थानीय तह गठनपछि सैनीबजारको स्वरुप फेरीएको थियो । स–साना खुद्रा पसल, चिया पसलबाट ठुलो व्यापारी केन्द्र बनेको सैनीबजार गत मंगलबार राती निशाना नरहने गरी ध्वस्त भयो । सैनीमा २५ घर थिए । ति मध्ये २२ घर बाढीले बगायो । ४ परिवारका १७ जना बेपत्ता भए । ति मध्ये हालसम्म ७ जनाको मात्रै शव भेटिएको छ । बाकी १० जना अझै बेपत्ता छन् ।

शोकमा रामारोशन ,बाढीमा मिसिए १७ जनाका कराडौं सपना

शोकमा रामारोशन ,बाढीमा मिसिए १७ जनाका कराडौं सपना

रामारोशन गाउँपालिका ५ सैनीबजारमा व्यापार व्यवासाय गरिरहेका ४५ वर्षीय नन्द सिंह साउद गरी उनका ७ जनाको परिवारलाई मंगलबार मध्यराती कैलाश खोलामा आएको बाढीले बेपत्ता पार्यो ।  उनकी श्रीमती गंगा ,जेठो छोरा रुपेश ,बुहारी कविता , कान्छो छोरा नविन , सासु बिमादेवी, दिदी जोगादेवी , नातीनी प्राप्तीलाई कैलाश खोलाको बाढीले बगायो ।ठूलो लगानीमा सैनी बजारमै बनाएको नौलो घर बाढीमा मिसियो । यी मध्ये नन्दसिंहका कान्छो छोरा नविन र बुहारी कविताको मात्रै शव भेटिएको छ । ‘भाटाकाटीयामा विवाह गरेकी जेठी छोरी कौशीला पनि माइतमा बस्थीन् । त्यो दिन मात्रै आफ्नो घर गएर बाचिन् ’ बेपत्ता भएका नन्दसिंहका आफन्त कम्मानसिंह साउदले भने ,‘कान्छि छोरी सनानी गाउँमा बस्ने बाजेबज्यैलाई भेट्न गएकाले उनी पनि बचेकी छन् ।