Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

रामारोशनमा बाढिमा ज्यान गुमाएका आफन्तलाई अनेरास्ववियु द्वारा आर्थिक सहयोग ।

रामारोशनमा बाढिमा ज्यान गुमाएका आफन्तलाई अनेरास्ववियु द्वारा आर्थिक सहयोग ।

कमल रावल, भदौ ८ अछाम

अनेरास्ववियु जिल्ला कमिटि अछामले रामारोशन गाउँपालिकाकाे बाढिमा ज्यान गुमाएका आफन्तलाई घरमै पुगेर आर्थिक सहयोग गरेको छ । साफेबगर क्षेत्रमा सँकलित ८५ हजार अार्थिक रकम पिडितको घर वडा नम्बर ५ नेटाकोट पुगेर हस्तान्तरण गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अछामका जिल्ला कमिटि सचिवालय सदस्य तथा बिद्यार्थी ईन्चार्ज भीम रावलो नेतृत्वमा गएको एक बिदार्थि सँगठनको टोलिले राहत स्वरुप आर्थिक रकम हस्तान्तरण गरेको हो । पिडामा परेका परिवारलाई सहयोग हस्तान्तरण गर्दै नेता रावलले हरेक पिडामा जुझ्दै अघ बढिरहेका जनतालाई सहयोगि हातहरु अघि बढिरहने बताउनु भयो । बिदार्थि सँगठनले स्रहानिय कार्य गरेकाले आगामि दिनमा सामाजिक कार्यमा अगाडि बढदै जानु पर्ने बताउनु भयो । राहत सहयोग कार्यक्रममा नेता रावल सहित नपाल कम्युनिष्ट पार्टि नेकपा रामारोशन कमिटि अध्यक्ष कम्मान साउद, अनेरा स्वियु अछामका संयोजक धुब्र रावल, सह सयोजक निरक शाहि लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया