Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

कैलाशखोलाले बगाएका १७ जना मध्ये, ६ जनाको ला’स भेटियो

कैलाशखोलाले बगाएका १७ जना मध्ये, ६ जनाको ला’स भेटियो

कमल रावल, अछाम

अछामको रामारोशन गाउपालिकाका कैलाशखोलाले बगाएका १७ जना मध्ये ६ ला’स भेटिएको छ ।

हिजो राति परेको अबिरल बर्षाले गर्दा आएको बाढिले रामारोशन गाउपालिका वडा नम्बर ५ सैनिबजारबाट बगाएका १७ जना मध्ये ६ जनाको ला’स कैलासको विभिन्न स्थानमा भेटिएको हो ।

४ जनाको लास बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानिय देबेन्द्र थापाले बताउनु भयो ।

यस्तै २ जनाको लास मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको त्यही स्थलमा खटिएका स्थानिय प्रकाश कुवरले बताउनु भयो ।

जनप्रतिनीधी, प्रहरी प्रशासन, स्थानिन उद्धारकर्मिको टोलि यतिबेला सैनिबजारमा उद्धारका लागि गईसकेको रामारोशन गाउपालिकाका अध्यक्ष झँकर बहादुर साउदले बताउनु भयो ।

जिल्लाबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले चाडै उद्धारका लागि पहल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनु भएको छ । चाडै हेलिकप्टर मार्फत उद्धारका लागि केन्द्रसँग समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो ।

 

प्रतिक्रिया