Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

११ जना अझै बेपत्ता न लाश पाईयो न सास

११ जना अझै बेपत्ता न लाश पाईयो न सास

रामारोशन गाउपालिका– ५ सैनीबजारमा बाढीले बगाएका ११ जना अझै बेपत्ता रहेका छन् । बाढीले बगाएको १७ जना मध्ये अहिलेसम्म ६ जनाको मात्र शब फेला परेको छ । १५ वर्षीया नवीन साउद, ३५ वर्षीया गौरी शाह र ५४ वर्षीया चन्द्र साउँद,४५ बर्षका अम्मर शाह,४७ बर्षिया लालसरा शाही,२२ बर्षिया बबिता बुढाको शब फेला परेको हो । नबिनको हिजो नै कैलाश खोलामा दाहसंस्कार गरिएको स्थानीय लोकबहादुर शाहले जानकारी दिनु भयो ।

अहिले २४ घरपरिवार खुल्ला आकाश मुनी बसिरहेका शाहले जानकारी दिनु भयो । उनीहरु राहतको पर्खाइमा रहेको उहाले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी योगेन्द्रसिंह थापाका अहिले पनी खोजी कार्य जारी रहेको छ । बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झुलुङ्गे  पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मंगलवार राती परेको पानीले रामाशरोनमा ठुलो धनजनको क्षति गरेको छ ।

प्रतिक्रिया