Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

११जना बेपत्ता,६ जनाको शब भेटियो

११जना बेपत्ता,६ जनाको शब भेटियो

 

अछाम

मंगलवार राती आएको अबिरल वर्षाले रामारोशन गाउँपालिका– ५ सैनीबजार नै बगाएको छ । बाढीले सैनीबजारमा रहेका १७ जना बेपत्ता बनाएका मध्ये ६ जनाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख योगेन्द्र सिँह थापाले जानकारी दिए । जसमा ३ जनाको परिचय खुलेको छ । ३३ बर्षकि गौरी शाह, ४८ बर्षका चन्द्र साउद र १५वर्षका नविन साउदको शब फेला परेको डिएसपी थापाले बताए । मंगलवार राती १ बजे कैलाश खोलामा आएको बाढीले २२ घरका १७ जनालाई बाढीले बगाएको हो ।

सैनीबजार अहिले बगर बनेको छ । बाढीले एकै घरका सात जनालाई बगाएको छ । स्थानीय नन्दु साउदका ७ जना परिवारलाई बगाएको हो । अहिले उनको छोरा नबिनको मात्र शब भेटिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार वाढीमा परि वेपत्ता हुनेहरु ४७ बर्षका नन्दु साउद,साउदकी ४५ बर्षिया श्रीमती गंगा साउद, छोरा १७ बर्षको रुपेश साउद, बुहारी जोगा साउद, नातिनी ६ बर्षकि प्राप्ती साउद, साउदकी सासु उनको नाम खुल्न सकेको छैन, सोहि ठाउँकी ६० बर्षकि जोगा साउद, ४० बर्षकी पबित्रा शाह, ३५ बर्षकि सम्झना शाह, ४५ बर्षको अम्मर शाह, ४ बर्षको समिर शाह, ४५ बर्षको वसु साउद, ४५ बर्षकि लालसरा शाही, वर्ष ९ को वसन्त शाही रहेका छन् । राती सुतिरहेको अवस्थामा एक्कासी बाढी आएर बगाएको स्थानीय पुष्प बिष्टले बताए ।

उनले भने ‘दुई दर्जन मानिस बेपत्ता भएको आशका गरेका छौ,बजारमा होटलमा कति थिए भन्ने जानकारी नै छैन,नाम खुलेका जति सबै यहाँका स्थानीयहरु हुन् । अन्यको अवस्थाको बारेमा जानकारी नै छैन ।’ ३ जना घाईतेको स्थानीय स्वास्थ चौकीमा उपचार गरिएको छ । बुधवार दिउसो नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामाग्री र उद्धार टोली सैनीबजार पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्। रामारोशन गाउँपालिकालाई जोड्ने दर्नामा रहेको पक्की पुल समेत भत्किएको छ । बाढी र पहिरोले रामारोशनका सडक,खेतियोग्य जमिन, जलबिधुत आयोजना,कुलो नहरहरु क्षतबिक्षत बनाएको छ ।

प्रतिक्रिया