Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

अर्थमन्त्रि बोहराद्धारा रामारोशन गाउपालिकालाई खाद्यान्न सहीत स्वास्थ्य सामाग्री हस्तान्तरण ।।

अर्थमन्त्रि बोहराद्धारा रामारोशन गाउपालिकालाई खाद्यान्न सहीत स्वास्थ्य सामाग्री हस्तान्तरण ।।

कमल रावल, भदौ ७ अछाम

अछामकोे रामारोशन गाउपालीका पुग्नु भएका सुदुरपश्चि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि झपट बहादुर बोहराले आज बाढि पहिरोले क्षति गरेको क्षेत्रको अनुगमन सहित राहत हस्तान्तरण गर्नु भएको छ । भदौ ६ गतेबाट अछाम जिल्लाको साँफेबगर नगरपालीबाट अनुगमन सुरु गरेका बोहराले आईतबार दिनभर रामारोशन विभिन्न कार्यक्रममा सहभागि सहीत राहत हस्तान्तरण गर्नु भएको हो ।

अर्थमन्त्रि बोहराले रामारोशन गाउँ पालिकामा बाढी पहिरोबाट पिडित नागरिकका लागि ३ लाख ६२ हजार बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष झकर साउदलाई हस्तान्तरण गर्नु भएको उहाँका स्वकिय सचिव आदर्श साउदले बताउनु भयो । ६८ क्विन्टल चामल, २ क्विन्टल दाल र ६३ हजार बराबरको स्वाथ्य सामाग्री हस्तान्तरण गरिएको बताईएको छ । त्यसअघि रामारोशन गाउपालिकाको वडा नम्बर २ र ३ मा बाढिले गरेको क्षतिको स्थलगत अनुगमन गर्नु भएको थियो । त्यसैगरि बोहराले गाउपालिका बैठकमा सहभागी भई रिपोर्ट संकलन र निर्देशन, नेकपा रामारोशन गाउँपालिकाको सचिवालय बैठकमा सहभागी भई रिपोर्ट संकलन गर्नु भएको बताईएको छ ।

अनुगमन सहित छलफलमा नेकपा अछामका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवर, गाउँपालिका अध्यक्ष झकर बहादुर साउँदको समेत उपस्थित रहेको थियो ।

प्रतिक्रिया