Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

शोकमा रामारोशन ,बाढीमा मिसिए १७ जनाका कराडौं सपना

शोकमा रामारोशन ,बाढीमा मिसिए १७ जनाका कराडौं सपना

मेनुका ढुंगाना (अछाम)
रामारोशन गाउँपालिका ५ सैनीबजारमा व्यापार व्यवासाय गरिरहेका ४५ वर्षीय नन्द सिंह साउद गरी उनका ७ जनाको परिवारलाई मंगलबार मध्यराती कैलाश खोलामा आएको बाढीले बेपत्ता पार्यो ।  उनकी श्रीमती गंगा ,जेठो छोरा रुपेश ,बुहारी कविता , कान्छो छोरा नविन , सासु बिमादेवी, दिदी जोगादेवी , नातीनी प्राप्तीलाई कैलाश खोलाको बाढीले बगायो ।ठूलो लगानीमा सैनी बजारमै बनाएको नौलो घर बाढीमा मिसियो । यी मध्ये नन्दसिंहका कान्छो छोरा नविन र बुहारी कविताको मात्रै शव भेटिएको छ । ‘भाटाकाटीयामा विवाह गरेकी जेठी छोरी कौशीला पनि माइतमा बस्थीन् । त्यो दिन मात्रै आफ्नो घर गएर बाचिन् ’ बेपत्ता भएका नन्दसिंहका आफन्त कम्मानसिंह साउदले भने ,‘कान्छि छोरी सनानी गाउँमा बस्ने बाजेबज्यैलाई भेट्न गएकाले उनी पनि बचेकी छन् ।
कम्मान सिंहका अनुसार सैनी बजारका अर्का व्यापारी अम्बर शाहसहित उनको पसलबाट श्रीमती पवित्रा , छोरा समीर गरि तिन जनाको परिवारलाई पनि बाढीले बगायो । उनको परिवारका तिनै जना अहिलेसम्म बेपत्ता नै छन् । श्रीमान्सँगको सम्बन्ध राम्रो नभएपछि माइती गाउँमा आएर व्यवसाय गरिरहेकी अम्बरकी दिदी लालसरा शाही र भान्जा बसन्त शाही पनि कैलासखोलामै बगे । अहिलेसम्म लालसरा र अम्मरको शव मात्रै भेटिएको छ । 
सैनीबजारका स्थानीय चन्द्र साउद र उनकी श्रीमती बसुदेवि पनि सोहि राती कैलाश खोलाको बाढीमा बेपत्ता भए । चन्द्रको शव भने दर्नामा भेटियो । अर्का व्यापारी हिक्मत शाहका दुइवटा श्रीमतीमध्ये कान्छि श्रीमती गौरी शाहको शव भेटिएको छ ।‘म सामान्य घाइते भएको छु । कान्छि श्रीमती गौरी कार्तिकमा बच्चा पाउने थिइन् । जेठी श्रीमती सम्झना अहिलेसम्म बेपत्ता छिन् ’ हिक्मतले भने ,‘अब शव पनि पाईँदैन होला भन्ने लागिसक्यो । दैवले मलाई एक्लो बनायो । अहिले पुरै गाउँ शोकमा छ । ’


रामारोेशनको सैनीबजारमा गएको बाढीले स्थानीयलाई व्यवस्थापन गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । बाढी आउनुको प्रारम्भिक कारण अध्ययन गर्दा कैलाश खोलाको मुहानमा गएको पहिरोले थुनिएको र एक्कासि बिस्फोट भएको हुनसक्ने उनले बताए ।‘मुहान थुनिएर पहिरो जाँदा सैनीबजार विस्थापित भयो । अहिले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली घटनास्थलमा खटिरहेको छ । क्षतीको एकिन विवरण आउन सकेको छैन ’प्रजिअ उपाध्यायले भने ,‘१७ जनामध्ये ६ जनाको शव भेटिएको छ । बेपत्ताको खोजिको लागि नेपाली सेना, नेपाल प्रहरी,शसत्र प्रहरी र स्थानीयहरु खटिरहेका छन् ।’ विस्थापित परिवारको लागि गाउँपालिकाले नै तत्काल राहतको व्यवस्थाा गरेको उनले बताए । ‘रामरारोशन क्षेत्रमा क्षती भएको एकिन विवरण अहिले हामीले खोजिरहेका छौं । घाइतेको उपचार, पिडितलाई राहात , विस्थापितलाई पुर्नस्थापना गर्नतर्फ लागेका छौं ।’

 

प्रतिक्रिया