Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

धिरज कुँवर

धिरज कुँवर

धिरज कुँवर

साँफेबगर नगरपालिकाको ५ वटा वडाको नतिजा सार्बजनिक

साँफेबगर नगरपालिकाको ५ वटा वडाको नतिजा सार्बजनिक भएको छ । १४ वडा मध्ये वडा नं १,३,१०,१२ र १४ को नतिजा सार्बजनिक भएको हो । वडा नं १ बैद्यनाथको अध्यक्षमा स्वतन्त्र पदका उम्मेदवार नन्दसि ठकुल्ला २०७ मतका साथ विजयी भएका छन् । ठकुल्लासंग कांग्रेसका बमबहादुर शाहले २ सय र एमालेका भरत शाहले १३४ मत सहित पराजित भएका हुन् ।

Read more

अछामका नवनिर्वाचित ९ पालिका प्रमुखहरुद्वारा सफथ ग्रहण

अछामका दश पालिका मध्ये ९ पालिकाको मतगणना सम्पन्न भईसकेको छ । ढकारी, तुर्माखाँद, बान्नीगढी जयगढ, चौरपाटी, मेल्लेख,रामारोशन गाउँपालिका,पञ्चदेवल बिनायक , कमलबजार र मंगलसेन नगरपालिकाको नतिजा सार्बजनिक भईसकेको हो । ६ गाउँपालिका र ३ नगरपालिकाको मत परिणाम सार्बजनिक भईसकेपछि नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथग्रहण गरेका छन् ।

Read more

जिल्लाकै पहिलो महिला नगर प्रमुख बनिन अम्बिका चलाउने

अछाम जिल्लाले पहिलो महिला नगर प्रमुख पाएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा अम्बिका चलाउने बिजयी भएकी छन् ।

Read more

तुर्माखाँद गाउँपालिकामा एमाले विजयी

अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा  नेकपा एमालेका डम्बर विसि र उपाध्यक्षमा बिमला शाही विजयी भएका छन् । अध्यक्ष विसिले ३ हजार ५२३ मत  प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत पाएका छन्।

Read more

अछामको मेल्लेखको अध्यक्षमा माओवादीका ज्वाला साउद र उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का विजयी

मेल्लेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छ्न‍् । अध्यक्षमा माओवादीका ज्वाला साउद र उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का विजयी भएका हुन‍् ।

Read more

माओवादीको लालकिल्ला भत्काउँदै रामारोशन गाउँपलिकाको अध्यक्षमा कांग्रेसका मान बहादुर साउँद विजयी

अछामको रामारोशन गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसका मानबहादुर साउद निर्वाचित भएका छन् । साउदले ३ हजार १२७ मतमा साथ विजयी भएका छन् । माओवादी केन्द्रका पहलबहादुर साउदले २ हजार ८९७ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका चक्र रावलले २ हजार ७ सय ९७ मत पाएका छन् ।

Read more

अछामको कमलबजार नगरपालिकामा प्रमुखमा कांग्रेस  विजयी

अछामको कमलबजार नगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार यज्ञप्रसाद ढकाल र उप– प्रमुखमा नेकपा एमालेका उम्मेदवार शारदा विष्ट विजयी भएका छन ।

Read more

अछामको ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयि

ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार प्रकाश साउँद ३ हजार १सय ८१ मत सहित विजयी भएका हुन ।

Read more

बान्नीगढी जयगढको अध्यक्षमा कांग्रेस विजयी

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेसका टेकबहादुर साउद र उपाध्यक्षमा एमालेका बिन्दु रावल निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार लोकबहादुर साउदलाई ४ सय ९८ मतले पराजित गर्दै टेकबहादुर साउद निर्वाचित भएका हुन् ।

Read more

रामारोशन- १ को अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउद विजयी

रामारोशन गाउँपालिका मलातिकाकोट -१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ ।

Read more

साँफेबगरमा कांग्रेस समाजवादि गठबन्धनका उम्मेदवार द्धारा प्रतिबद्धता पत्र सार्वजनिक [पुर्ण पाठ सहित]

साँफेबगर नगरपालिकाको समग्र बिकाासका लागी लोकतान्त्रीक गठबन्धनले प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागी नेपाली कांगेस र नेकपा एकिकृत समाजबादी गठबन्धनले नगरपालिकाको बिकासका लागी १ सय ३ बुँदे प्रतिबता पत्र सार्बजनिक गरेको हो ।

Read more

साँफेबगरमा गठबन्धनदलहरुद्धारा स्थानीयतह निर्वाचनका लागी बिभिन्न समितिहरु गठन

साँफेबगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजबादी गठबन्धन दलको बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेस साँफेबगर नगर कार्यसमितिका सभापति लालबहादुर कुँवरको सभापतित्वमा बसेको बैठकले स्थानीयतहको निर्वाचनको बिषयमा छलफल गर्नुका साथै बिभिन्न समितिहरु समेत बनाएको छ ।

Read more

साँफेबगर नगरपालिकामा गठबन्धनबाट मेयरमा राजेन्द्र कुँवर र उपमेयरमा शिलोज कुँवरले गरे मनोनयन दर्ता

अछाम जिल्लाको साँफेबगर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट साँफेबगर नगरपालिकाको मेयरमा राजेन्द्र बहादुर कुँवर र उपमेयरमा नेकपा एकिकृत समाजवादिका शिव बहादुर कुँवर (शिलोज)ले मनोनयन दर्ता गराएका हुन्।

Read more

न्याय प्रणाली हल्लाउने त्यो रिपोर्ट !

यहि फागुन १६ गते अछाम जिल्ला अदालतले विरलै हुने तीव्र गतिको विधिबाट बलत्कारविरुद्धको मुद्दामा फैसला सुनायो ।  न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले बलात्कृत भएको भन्दै उजुरी दिएकी १९ वर्षीया किशोरीलाई नै जेल पठाउनै फैसला दियो ।

Read more

अछाममा बलात्कारको झुठ्ठा आरोप लगाउने युवतीलाई ३ बर्ष ६ महिना जेल

बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ । जिल्ला अदालत अछामले मंगलवार ती युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको हो । न्यायाधिश नविन कुमार जोशीले बलात्कारको झुठा आरोप लगाउने कमलबजार नगरपालिकाकी १९ वर्षीय युवतीलाई जेल सजाय सुनाएको छ । ति युवतीले रामारोशन गाउँपालीका ४ बाटुलासैनका २० वर्षीय नन्दराम खनाललाई जबरजस्ती गरेको भन्दै फागुन १० गते जिल्ला अदालत अछाममा मुद्धा दायर गरेकी थिईन ।

Read more

नेपाली कांग्रेस अछामको अधिवेशन : मतदान सम्पन्न

नेपाली कांग्रेस अछामको सातौं जिल्ला अधिवेशन अन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ । दुई वटा निर्वाचन क्षेत्र भएको अछाममा क्षेत्र नम्बर १ मा ७ सय १ मत र क्षेत्र नम्बर २ मा ७ सय ९० मत गरि जम्मा १४ सय ९१ मत खसेका छन ।

Read more

बैद्यनाथमा भोली हुने शिवरात्री मेलाको तयारी पुरा

नेपाल चार धाम मध्येको एक बैद्यनाथमा भोली लाग्ने शिवरात्री मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुलाई सहजताका लागी आवश्यक तयारी पुरा भएको बैद्यनाथ क्षेत्र बिकास संस्थाका अध्यक्ष नेत्र कुँवरले जानकारी दिए ।

Read more

नामको मात्र नभएर साँचिकैको नयाँ सहर कहिले बन्छ साँफेबगर ?

गायक नन्दकृष्ण जोशीले गीतमा भने झै साँच्चै सुन्दर छ साँफेबगर । अछामको साँफेबगर चारैतिर डाँडाले घेरेको समथर ठाउँ, पुर्वमा छिपेखोला, पश्चिममा प्रभाली खोला र उत्तरमा बुढीगंगा नदि बगेको छ । साँफेको यसै सुन्दरतालाई थप सुबिधा सम्पन्न बनाउन नयाँ सहर आयोजनाको काम जारी छ ।

Read more

फर्जी मत खसेको भन्दै अछाम क्षेत्र न १ मा कांग्रेस महाधिवेशनको मतगणना स्थगित

फर्जी मत खसेको भन्दै अछाम क्षेत्र न १ मा कांग्रेस महाधिवेशनको मतगणना स्थगित भएको छ । अछाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ मा मतदाता भन्दा १८ मत बढी मत पेटिकामा भेटिएको भन्दै मत गणना कार्य स्थगित भएको हो ।

Read more

प्रजातन्त्र स्थापनाका लागी दुई पार्टी मिलेर एक बनेको नेपाली कांग्रेसको ईतिहास

देशको पुरानो तथा प्रमुख दलमध्ये एक नेपाली कांग्रेस १४  महाधिवेशन केन्द्रित छ । मंसिर मसान्त सम्म केन्द्रीय महाधिवेशन सक्नेगरी नेपाली कांग्रेसले तयारी गरेको छ । त्यस्तै भाद्र १८ गतेदेखी वडा तहको अधिवेशन सुरु भएको थियो । अहिले गाउँ, नगर, जिल्ला अधिवेशन भैरहेको छ । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको उद्देश्य समान थियो नेपालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको उद्देश्य थियो ।

Read more

वाक नेपाल अछामको ९ औं अधिवेशन समपन्न, अध्यक्षमा के.सी. सर्वसमत

वाक नेपाल अछामको ९ औं अधिवेशन समपन्न भएको छ । साँफेबगर नगरपालिका ४ ऐयर्पोर्ट बजार को होटेल बुढीगंगामा सम्पन्न अधिवेशन ले बलबहादुर के.सी.को अध्यक्षतामा नयाँ समिति सर्वासमत चयन गरेको छ । जसमा उपाध्यक्ष मा ममिन मियाँ, महासचिव अप्सरा कुँवर, सचिव निरा कडायत, कोषाध्यक्ष शुशिला बोगटी, सदस्य मीन बहादुर कुँवर र छत्रमान ताम्राकार रहेका छन् ।

Read more
Page 2 of 8