Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

वाक नेपाल अछामको ९ औं अधिवेशन समपन्न, अध्यक्षमा के.सी. सर्वसमत

वाक नेपाल अछामको ९ औं अधिवेशन समपन्न, अध्यक्षमा के.सी. सर्वसमत

वाक नेपाल अछामको ९ औं अधिवेशन समपन्न भएको छ । साँफेबगर नगरपालिका ४ ऐयर्पोर्ट बजारमा सम्पन्न अधिवेशन ले बलबहादुर के.सी.को अध्यक्षतामा नयाँ समिति सर्वसमत चयन गरेको छ । जसमा उपाध्यक्ष मा ममिन मियाँ, महासचिव अप्सरा कुँवर, सचिव निरा कडायत, कोषाध्यक्ष शुशिला बोगटी, सदस्य मीन बहादुर कुँवर र छत्रमान ताम्राकार रहेका छन् ।

वाक नेपाल अछामका निवर्तमान अध्यक्ष मिन बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य माननीय हर्क बहादुर कुँवर रहेका थिए भने विशिष्ट अतिथि जिल्ला समन्वय समिति अछामका उप संयोजक टोप बहादुर रावल रहेका थिए ।

 

 

 

 

 

 

प्रतिक्रिया