Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २५ बैशाख २०८१

बैद्यनाथमा भोली हुने शिवरात्री मेलाको तयारी पुरा

बैद्यनाथमा भोली हुने शिवरात्री मेलाको तयारी पुरा

नेपाल चार धाम मध्येको एक बैद्यनाथमा भोली लाग्ने शिवरात्री मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुलाई सहजताका लागी आवश्यक तयारी पुरा भएको बैद्यनाथ क्षेत्र बिकास संस्थाका अध्यक्ष नेत्र कुँवरले जानकारी दिए ।

हरेक वर्ष मन्दिरमा शिबरात्री मेला लाग्ने गर्दछ । मेला हेर्नका लागी बाजुरा, डोटी कैलाली लगाएतका छिमेकि जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् । पुजा गर्नका लागी महिला पुरुषको लागी अलग अलग लाईनको व्यवस्था गरिएको बैद्यनाथ क्षेत्र बिकास संस्थाका सदस्य सचिब देवराज उपाध्यायले बताए । मन्दिरमा पुजाआजा गरे मनोकाक्षा पुरा हुने धार्मिक बिश्वास रहि आएको छ ।  

मन्दिरको नित्य पुजा बिहान ४ बजे हुने र बिहान ५ बजेदेखि भक्तजनहरुका लागी मन्दिर खुल्ला गरिने उपाध्यायले बताए । प्रगल्ला चढाउने कार्यक्रम साझ ५ बजेबाट सुरु गरिने समेत उनले बताए । 

प्रतिक्रिया