Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

धिरज कुँवर

धिरज कुँवर

धिरज कुँवर

आगलागीमा घाइते भएका मगर दम्पतीलाई काङ्ग्रेस रामारोशनको आर्थिक सहयोग

रामारोशन गाँउपालिकामा आगलागी बाट घाइते भएका दम्पतिलाई नेपाली काङ्ग्रेस रामारोशनले आर्थिक सहयोग गरेको छ । वडा नमूना ३ कालापानीमा गत साउन २८ गते घरमा आगलागी हुँदा रतन बुढामगर र उँहाकी श्रीमती पार्वती बुढा मगर गम्भीर घाइते हुनुभएको थियो । घाइते भएका मगर दम्पतीको उपचार स्वरुप नेपाली काङ्ग्रेस रामारोसन गाउँपालिकाले ११ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

Read more

रामारोशनमा नेकपाका कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी नेकपा रामारोशनका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । रामारोशन गाउँपालिका - ३ का कमल साउद कान्तिलाल जैसि, मैपति भण्डारी ,मोहन साउद ,पदम साउद र वडा न २ का सुरेश रावल, खकेन्द्र देवकोटालगायतका नेकपा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वारले नेपाली कांग्रेसको सदस्यता दिएर पार्टीमा स्वागत गर्नु भएको हो । यसैगरी नेपाली कांग्रेस रामारोशन गाउँपालिका कार्य समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

Read more

बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रामारोशनद्वारा स्वास्थ्य सामाग्री वितरण

नेपाली कांग्रेसका संस्थापक सभापति एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस रामारोशनले शान्तडा प्रहरी चौकी लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सामुदाय स्तरमा नै फैलिने त्रास बढेकोले फिल्डमा खटिने प्रहरी तथा पैदल हिड्ने सर्वसाधारणलाई विपी जयन्तीको अवसरमा २ सय थान सर्जिकल मास्क र सेनिटाइजर वितरण गरेको नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण विकले बताउनुभयो ।

Read more

साँफेबगरमा स्थानीय तह कर्मचारी हक हित मंच तदर्थ समिति गठन , अध्यक्षमा शाह

साँफेबगर नगरपालिकामा कार्यरत कर्मचारीले स्थानीय तह कर्मचारी हक हित मंच तदर्थ समिति गठन गरेका छन।

Read more

मन्जुश्री असहाय संरक्षण केन्द्रमा मन्जु बिश्वकर्माले गरिन् आर्थिक सहयोग

मन्जुश्री असहाय संरक्षण केन्द्रको ६ औं बार्षिक उत्सवको अवसरमा विभिन्न व्यक्तिले आर्थिक सहयोग गरेकी छन् । भदौ २६ गते पर्ने बार्षिक उत्सवको अवसरमा समाजसेवी मन्जु विश्वकर्माले संस्थालाई १० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

Read more

त्रिपुरा देवि युवा क्लब द्वारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

त्रिपुरा देवि युवा क्लब चौरपाटी ( ५ लुङ्ग्राले रामारोशन गाउँपालिकाका बाढी पहिरो पिडित परिवारका लागि २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष सरस्वति रावलको उपस्थितिमा मुजाबगर पुगेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको क्लबका कोषाध्यक्ष महेश बहादुर खड्काले जानकारी दिनुभयो । घट्नाबाट पीडा भोगिरहेका पीडित परिवारलाई थोरै मात्रामा भएपनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको कोषाध्यक्ष खड्काले बताउनुभयो । उहाँले विशुद्ध समाज सेवा गर्ने भावनाले स्थापित युवा क्लबले आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोग गर्दै जाने बताउनुभयो।

Read more

अछामकि क्यान्सर पिडितलाई यु एस आर्मिका एक जवानको सहयोग

अछामकी क्यान्सरपीडित एक किशोरीको उपचारको लागि यू.एस.आर्मि शाहिले १० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । समाजिक कार्यमा सक्रिय भुपेन्द्र ब. बुढा र देबेन्द्र ब. बुढाले विभिन्न संघसंस्थ र व्यक्तीलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट उपचारका लागि सहयोगको अपिल गरेका थिए । अछाम ढकारी गाउँपालिका– ६ मोयकाँडा की १८ वर्षीया मनसरा बुढाका लागि सहयोगको अपिल गरिएको थियो । क्यान्सरपीडित मनसरा ढकारी ६ ढुंगाचाल्नास्थित अष्ट सिद्धि मा वि मा कक्षा ११ मा अध्यनरत छन् । उनी विगत एक वर्षदेखि बिरामी रहेको हुँदा गाउँघरमा अन्धविश्वासका कारण धामी झाँक्रीको पछि लाग्दा रोग जीर्ण हुँदै गएको थियो ।

Read more

अछाममा हत्या ,हिंसाका घटना बढेपछि अधिकारकर्मीले बुझाए सिडिओलाई ध्यानाकर्षण पत्र

अछाममा पछिल्लो समय हत्या हिंसाका घटना बढ्न थलेको ठहर गर्दै अछामका महिला अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी र अछामका दश वटै स्थानीय तहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलसेन नगरपालिकाका उपप्रमुख सरीता उपाध्यायको नेतृत्वमा गएको महिला अधिकारकर्मीको टोलीले महिला तथा बालबालिकाको घटनामा प्रहरीले शून्य शहनशिलता अपनाउन आग्रह समेत गरेको छ ।

Read more

अछामको मंगलसेनमा बन्दाबन्दीको स्वरुप फेरियो , साँफेबगरमा लडाउन खुल्यो

मंगलसेन नगरपालिकाले जारी गरेको बन्दाबन्दीको स्वरुप मंगलबारदेखि बदलिने भएको छ । सोमबार बसेको नगर संकट व्यवस्थापन केन्द्रको निर्णायानुसार भदौ २९ गतेसम्म आंशिक रूपमा बन्दाबन्दी खुल्ने भएको नगर प्रमुख पदम बहादुर बोहराद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । नगरपालिकाका ५८२ जनाको पिसिआर परिक्षण गरेकोमा ११३ जनामा कोरोना संक्रमण देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नगर प्रमुख बोहराका अनुसार हाल आइसोलेसनमा ५ जना र क्वारेन्टाइनमा १२ जना रहेका छन् । कोभिड-१९ संक्रमणको रोकथामलाई प्रभावकारी बनाउन बन्दाबन्दी नै मुख्य विकल्प भएको उहाँले बताउनुभयो ।

Read more

रामारोशनका बाढी पीडितलाई हेल्प अछामको आर्थिक सहयोग

परोपकारी संस्था हेल्प अछामले रामारोशन गाउँपालिका -५ सैनीवजारस्थित कैलाश खोलामा आएको बाढीका कारण ज्यान गुमाएका परिवालाई शुक्रबार आर्थिक सहयोग गरेको छ । हेल्प अछामले बाढीका कारण ज्यान गुमाएका ८ परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको हो ।

Read more

सूचना, सञ्चार तथा प्रचार विभाग सदस्यमा सुवेदी मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको सूचना, सञ्चार तथा प्रचार विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।पार्टी विधान २०१७ को धारा २५ ९९० बमोजिम सभापति देउवाले बुधबार विभाग विस्तार गर्दै ४८ जना सदस्य मनोनित गरेको थिए । जस अन्तरगत नेपाली जनसम्पर्क समिति जापानका पूर्व सभापति नारायण सुवेदीलाई विदेश क्षेत्र एसिया प्यासिफिक जापानमा मनोनीत गरेको छ ।

Read more

इआरसी ढकारीद्धारा रामारोशनका बाढीपिडितलाई राहत संकलन

आपतकालीन प्रतिक्रिया केन्द्र (इआरसी) ढकारीले रामारोशनका बाढीपिडितको लागि राहत संकलन अभियान सुरु गरेको छ । पहिलो चरणमा ढकारी गाउँपालिका –६ मा रहेको ढुंगाचाल्ना बजारमा ४ हजार पाँच सय रुपैँया संकलन गरेको हो । उक्त रकम बुधबार नै रामारोशन गाउँपालिकाको राहत व्यववस्थापन कोषमा जम्मा गरिएको इआरसी ढकारीका संयोजक भुपेन्द्रबहादुर बुढाले बताए ।

Read more

कांग्रेस प्रदेशसभा सभापति स्वारको सहयोगमा रामारोशनमा अवरुद्ध सडक निर्माण कार्य सुरु

नेपाली कांग्रेस अछाम क्षेत्र न.१ प्रदेश सभा (ख) का सभापति डम्बर स्वारको सहयोगमा रामारोशन गाउँपालिका- १ को तालि देखि मुजाबगर बजारसम्मको अवरुद्ध सडक निर्माणमा कार्य जेसिवि मेसिन लगाएर मर्मत सुरु भएको छ । स्थानीय जनतालाई आवतजावतमा समस्या भएपछि आफैंले डोजर लगाएर बाटो मर्मत गर्न थालेको बताउनुभयो । यहि भदौ २ गते राती रामारोशन क्षेत्रमा भिषण पानीसँगै अाएको पहिरोले तिमिल्सेन- रामारोशन सडक र मंगलसेन - रामारोशन सडक खण्ड सेरी पुल भन्दा माथि पुर्ण रुपले अवरुद्ध भएपछि रामारोशन गाउँपालिकाले तत्कालका लागि ठाँटीखाँद तालि हुँदै मुजाबगरसम्मको सडक मात्र संचालन गर्न सक्ने जनाएको थियो ।

Read more

नेपाली काङ्ग्रेस मंगलसेन -११ द्वारा रामारोशनका बाढी पीडितलाई सहयोग

नेपाली कांग्रेस मंगलसेन नगरपालिका - ११ ले रामारोशन गाउँपालिकाका बाढी पहिरो पिडित परिवारका लागि १० हजार १ सय २५ रुपैयाँ अार्थिक सहयोग गरेको छ । अाज एक कार्यक्रमका बिच नेपाली कांग्रेस रामारोशन गाउँपालिकाको राहत संकलन तथा उद्वार समितिको कोषका संयोजक पुष्प बिष्टमार्फत उक्त सहयोग रकम हस्तान्तरण गरेको नेपाली कांग्रेस मंगलसेन नगरपालिका - ११ का सभापति नरबहादुर भण्डारीले बताउनुभयो ।वडा कार्य समितिबाट राहत संकलन गरि रामारोशनका जनतालाई सानै भए पनि राहत होस भन्ने हेतुले सहयोग गरेको सभापति भण्डारीले बताउनुभयो ।

Read more

गायक बिष्णु भट्टको 'चिलगाडी' बोलको गीत सार्वजनिक (भिडियोसहित)

गायक बिष्णु भट्टको ‘चिलगाडी’ बोलको गीत सहितको भिडियो सार्वजनिक भएको छ । विदेशिनुको पिडा अनि बाध्यताको कथालाई शब्दमा उतारिएको गीतमा गायक बिष्णु भट्ट र गायिका एलिना चौहानले आवाज दिएका छन् भने शब्द र संगीत भने स्वयम गायक भट्टको रहेको छ ।

Read more

नेपाली काङ्ग्रेस अछामद्वारा रामारोशनमा पहिलो चरणको राहत वितरण

नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले रामारोशनका बाढी पहिरो बाट निधन भएका परिवारलाई क्रिया खर्च स्वरुप पहिलो चरणको राहत वितरण गरेछ । बाढीबाट मृत्यु भएका १७ जनाका भएका ८ परिवारलाई उनका अाफन्तहरुलाई जनही तीन हजारका हजारका दरले ५१ हजार रुपैयाँ वितरण गरेको कांग्रेस रामारोशनका राहत संकलन तथा उद्रार समितिका संयोजक पुष्प बिष्टले जानकारी दिनुभयो । राहत संकलन कार्य भइरहेकाले केहि दिनमै बाढी प्रभावित सबैलाई राहत वितरण गर्ने र अहिले मृतक परिवारलाई क्रिया खर्च स्वरुप पहिलो चरणको अार्थिक सहयोग गरेको बिष्टले बताउनुभयो।

Read more

नेपाली काङ्ग्रेस रामारोशनद्वारा विपदमा परेकालाई सहयोग गर्न अभियान

नेपाली काङ्ग्रेस रामारोशन गाउँपालिकाले राहत संकलन तथा उद्वार समितिको कोषमार्फत रकम संकलन गर्न अभियान संचालन गरेको छ । भदौ २ गतेका दिन रामारोशन क्षेत्रमा भीषण बर्षासँगै आएको बाढीले मृतक र विस्थापित परिवारका लागि सहयोग स्वरुप उक्त अभियान सुरु गरिएको हो ।

Read more

एक मन्त्री : जसले आफूलाई शासक हाेइन, जनसेवक ठाने

यही भदौ २ गते राति आएको कैलाश खोलामा आएको बाढीले जिल्लाकै पुरानो बजारका रुपमा परिचित सैनिबजार यतिखेर उजाड बनेको छ। सुदूरपश्चिमकै एक पर्यटकीय रामारोशन गाउँपालिकास्थित कैलाश खोला आसपासका कयौं घर बाढीले निलेको छ। खेतियोग्य फाँट र धानबालीसहितको कृषिउपज पुरिएर बगर बनेको छ।

Read more

अछाममा थप ३५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८६१ पुग्यो

मंगलबार अछाममा ३५ जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

Read more

अछाममा थप १८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८२६ पुग्यो

सोमबार अछाममा १८ जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

Read more
Page 6 of 8