माओवादीको लालकिल्ला भत्काउँदै रामारोशन गाउँपलिकाको अध्यक्षमा कांग्रेसका मान बहादुर साउँद विजयी
अछामको रामारोशन गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसका मान बहादुर साउँद निर्वाचित भएका छन् । साउँदले ३ हजार १२७ मतमा साथ विजयी भएका छन् । माओवादी केन्द्रका पहलबहादुर साउँदले २ हजार ८९७ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका चक्र रावलले २ हजार ७ सय ९७ मत पाएका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जना बुढा विजयी भएकी छन् । उनले ३ हजार २८ मतका साथ विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्ती साउँदले २ हजार २२८ मत प्रात गरेका छन् । त्यसैगरी समाजवादीका ताराप्रसाद खनालले २ हजार १६२ मत प्राप्त गरेका छन् । ७ वडा रहेको रामारोशनमा ३ माओवादी,२ एमाले, २ कांग्रेसले जितेका छन । वडा नं १ मा माओवादी केन्द्रका चक्रबहादुर साउँद, वडा नं २ मा माओवादी केन्द्रका मीबहादुर परियार, वडा नं ३ मा कांग्रेसका गणेश साउँद,वडा नं ४ मा एमालेका तर्कराज उपाध्याय,वडा नं ५ मा कांग्रेसका केशरबहादुर साउँद, वडा नं ६ मा माओवादीका सुशील साउँद र वडा नं ७ मा एमालेका तप्तबहादुर भण्डारीले जितेका छन् ।
समाजबादी र कांग्रेस बिच गठबन्धन भएको थियो । रामारोशन गाउँपालिका माओवादीको लालकिल्ला भनेर चिनिन्छि । यसअघिको निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जितेका थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया