Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २५ बैशाख २०८१

जिल्लाकै पहिलो महिला नगर प्रमुख बनिन अम्बिका चलाउने

जिल्लाकै पहिलो महिला नगर प्रमुख बनिन अम्बिका चलाउने

अछाम जिल्लाले पहिलो महिला नगर प्रमुख पाएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा अम्बिका चलाउने बिजयी भएकी छन् ।

यसअघि नगर उपप्रमुख तथा कांग्रेस सुदुरपश्चिम सहमहामन्त्री समेत रहेकी चलाउनेले ३ हजार ६ सय ५३ मत सहित यसपटक नगर प्रमुखमा बिजयी भएकी हुन् ।

चलाउनेले निकटतम प्रतिद्धन्दी माओवादीका राम बहादुर बिकलाई ४ सय ८१ मततन्तरले बिजयी हासिल गरिन् । बिकले ३ हजार १ सय ७२ मत प्राप्त गरे । त्यस्तै एमालेका नन्द बहादुर कडायतले २ हजार ६ सय ९७ मत प्राप्त गरे ।

माजबादीका योगेन्द्र बहादुर बिष्टले ६ सय ९२ र स्वतन्त्र टंक तिमिल्सैना १ सय ५४ प्राप्त गरे ।

नगर उप प्रमुखमा समेत कांग्रेस नै बिजयी भएको छ । कांग्रेसका उम्मेद्धार हर्क बहादुर रावलले ४ हजा १ सय ८८ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका रिता रावलले २ हजार ६ सय १८ मत प्राप्त गरिन् ।

एमालेका राजु सञज्यालले १ हजार २ र समाजवादीका कृष्णा जैसी न्यौपानेले ८ सय ७८ मत प्राप्त गरे ।

प्रतिक्रिया