Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

धिरज कुँवर

धिरज कुँवर

धिरज कुँवर

शुवेक्षा अटोमोटिभ्समा साँफेबगरमा बजाज एक्सेन्ज मेला, ५ दिन सम्म अफरै अफर

यही भाद्र २८ गते बाट साँफेबगर मा रहेको शुवेक्षा अटोमोटिभ्समा बजाज एक्सचेन्ज मेला लाग्ने भएको छ । ग्राहक हरुको रोजाई र सहजताका लागी बजाज ले पटक पटक यस्ता अफरहरु सहित यस्ता किसिमका मेलाको आयोजना गर्ने गरेको शुवेक्षा अटोमोटिभ्सका संचालक भरत खड्काले बताउनु भयो ।

Read more

पातलकोटमा बालविबाह तथा छाउपडी प्रथा सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन

साँफेबगर नगरपालिका १४ पातलकोटमा एम एस को ईनोभेसन फन्ड अन्तर्गत बाल विबाह तथा छाउपडी प्रथा सम्बन्धी जनचेतनामुलक कार्यक्रम आजबाट सुरु भएको छ । झण्डै एक साता चल्ने उक्त्त कार्यक्रम आज चेतनशिल युवा क्लब ले आज साफेबगर नगरपालिका-१४ पातलकोट भासुवन सुभारम्भा गरेको छ ।

Read more

मुम्बईमा मक्र खडका बचाउ अभियान चलाउदै युवाहरुले गरे दुई लाख बढी रकम सहयोग

बिगत लामो समय देखी मुम्बईको डाबरीया बर्द्रस मा काम ग्रदै आएका अछाम जिल्ला साँफेबगर नगरपालिका ११ देविस्थानका मक्र खड्का उपचारका लागि मुम्बैबाट २४२१६० रकम सहयोग हस्तान्तरण गरिएको छ । मुम्बैमै बसेर उपचार सम्भव नभएपछी हाल नेपाल भक्तपुरमा उपचार गराईरहेका खड्का को उपचार खर्च झन्डै १२ लाख जति लाग्ने डाक्टर ले बताएका छन् । आफू संग उपचार खर्चको अभाव भए पछी सम्पूर्ण दाजू भाइ इष्ट मित्र छिमेकी नाता गोता मा सहयोगको अपिल पश्चात  पछी मुम्बईमा काम गर्ने दाजू भाइ लगाएतले उनको उपचारमा सहज होस भनि ५००, १००० जम्मा गरि  २४३१६० - अक्षेरुपी  दुइ लाख त्रिचालिस हजार एक सय साठ्ठी रुपैयाँ उठाएर पिडित ब्याक्ती दिएको मुम्बई बाट प्रमुख अभियान्ता समाज सेवी  खेमराज खड्काले हाम्रो बुलेटिन लाई जानकारी दिए । समाजसेवी खड्काले आ-आफ्नो ठाउँबाट सहयोग सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद का साथै विशेष गरि अभियान साथ दिने समाज सेवी बुद्दी जिवी युवा नृप बोगटी र बम बहादुर खड्का धन्यवाद दिएका छन् ।

Read more

नेपाली कांग्रेस चौरपाटि गा.पा. मार्कुको सभापतिमा गणेश बोगटी र उपसभापतिमा हर्क बोगटी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चौरपाटि गाउँपालिका वडा नम्बर ७ मार्कुको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेसनमा सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।

Read more

मुम्बैमा अलपत्र अवस्थामा भेटिए चौरपाटि गाउँपालिका का १५ बर्षिय बालक

नेपाल बाट १५ दिन पहिले आफ्ना दाजु संग मुम्बै गएका चौरपाटी गाउँपालिका का अन्दाजी १४-१५ बर्षिय बालक मुम्बैको कल्याण स्टेसनमा अलपत्र अवस्थामा भेटिएका छन । रेल्वे स्टेसनमा हुने भिड भाडमा अचानक दाजुले समातेको हात छुट्न ग ई आफु छुटेर अलपत्र परेको उनको भनाई छ ।

Read more

नेपाली कांग्रेस सा न पा वडा न. ९ बुढाकोटको सभापतिमा सुरज कुँवर र उपसभापतिमा नौले कुँवर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोट को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेसनमा सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्  ।

Read more

नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिको आयोजनामा साँफेबगरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिको आयोजनामा साँफेबगरमा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । भेलामा पार्टीको १४ औ महाधिबेशनको तयारी स्वरुप भोली हुन गईरहेको वडा अधिबेशनलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्ने बिषयमा छलफल भएको छ । भेलामा नेता तथा कार्यकर्ताहरुले गाउँमै बसेर पार्टीका लागी दिनरात खट्ने व्यक्तिलाई अबको महाधिबेशनमा स्थान दिनुपर्नेमा जोड दिएका छन् ।

Read more

शुवेक्षा अटोमोटिभ्समा साँफेबगरमा बजाज एक्सेन्ज मेला, ५ दिन सम्म अफरै अफर

यही श्रावण १८ गते बाट साँफेबगर मा रहेको शुवेक्षा अटोमोटिभ्समा बजाज एक्सचेन्ज मेला लाग्ने भएको छ । ग्राहक हरुको रोजाई र सहजताका लागी बजाज ले पटक पटक यस्ता अफरहरु सहित यस्ता किसिमका मेलाको आयोजना गर्ने गरेको शुवेक्षा अटोमोटिभ्सका संचालक भरत खड्काले बताउनु भयो ।

Read more

पहिरोले थुनियो बूढीगङ्गा नदी, सतर्कता अपनाउन जिल्ला प्रशासन अछामको आग्रह

बाजुरामा पहिरो जाँदा बूढीगङ्गा नदी थुनिएको छ । जिल्लाको गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएको हो । नदी थुनिएकाले अछामको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय अछामले अनुरोध गरेको छ ।

Read more

बल्याक एन्जल्सका युवाहरुले गरे रक्तदान

साफेबगर पोलिक्लिनिक को प्राङ्गडमा  रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।  बल्याक एन्जल्स युवा  क्लब साफेबगरको  आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष दशरथ कुँवरले  जानकारी दिए ।

Read more

पिडा रामारोशन बासीका – हिड्ने बाटो छैन, भाषण सम्बृद्धिका हुन्छन

रामारोशन गाउँपालिका घट्टेबगर हुदै नेटाकोट जाने सडक सहित पैदल बाटोमा कैलाश खोला बगिरहेको छ । यो त्यहि ठाउँ हो जहाँ गत बर्ष भदौ ५ गते आएको बाढिले सबै सैनिबजार बगरमा परिणत भएको थियो । हिड्ने बाटो समेत नभएर त्यहाँका स्थानियले कम्ता सास्ती भोगिरहेका छैनन ।

Read more

ईन्टरनेटको पहुँचमै नभएका जनतासँग ट्विटरमा माफी माग्दै भिम रावल

एमाले नेता भीम रावलले आफ्नो निर्वाचन क्षेत्र अछामका जनतासँग माफी मागेका छन् । अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार अनैतिक र दूषित राजनीतिको मतियार नहुन आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको भन्दै रावलले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा मागेका हुन् ।

Read more

युवा सुचना मञ्च बाँकेद्वारा बयालपटा अस्पताल र पत्रकार महासंघ अछामलाई स्वास्थ्य सामाग्री वितरण

युवा सुचना मञ्च बाँकेले बयालपाटा अस्पताल र पत्रकार महासंघ अछाम शाखालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । मञ्चको पहलमा अछामका विभिन्न ठाँउमा कोभिड १९ को प्रतिकार्यका लागि स्वास्थ्य समाग्री प्रदान गर्ने अभियान सुरु भएको हो ।

Read more

नगर प्रमुखले एकलौटी हस्तक्षेप गरेको भन्दै साँफेबगरका ६ अध्यक्षद्वारा कार्यपालिकाको बैठक बहिष्कार

साँफेबगर नगरपालिकाको १२ औ कार्यपालिकाको बैठक केहि वडाअध्यक्षहरुले बहिस्कार गरेका छन्। आज बसेको बैठकमा नेपालि कांग्रेस बाट निर्बाचित ६ जना वडा अध्यक्षले बहिस्कार गरेका हुन् । नगर प्रमुख कुल बहादुर कुवरले आफुले मनोनानि तरिकाले योजना छनौट  गरेको र वडाको बजेट घटाएको  भन्दै बहिस्कार गरेको नबर 12 का वडा  अध्यक्ष प्रकास रानाले बताए ।

Read more

लगातारको बर्षा, धनगढी जलमग्न (फोटो फिचर)

धनगढीमा लगातार परेको बर्षाका कारण यस क्षेत्रका विभिन्न स्थानहरु जलमग्न भएका छ्न । धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन् । व्यवस्थित निकासको अभाव, निर्माणाधीन सडक र नाला, अव्यवस्थित बसोबास र धनगढी उपमहानगरपालिकाको लापरबाहीका कारण बर्सेनि धनगढीबासिले बर्षाका कारण सास्ती व्यहोर्नुपर्ने बाध्यता रहेको छ ।  धनगढीमा  लगातार परेको बर्षाका कारण यस क्षेत्रका विभिन्न स्थानहरु जलमग्न भएका छ्न ।

Read more

फेसबुक पेज साँफेबगरले फोटो प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित, प्रथम साँफेबगरका निलेश कुँवर

फेसबुक पेज साँफेबगरले फोटो प्रतियोगिताको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

Read more

अछाम सरोकार मंचद्वारा जिल्ला अस्पताल लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अछाम सरोकार मंचले जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आज बिहान अछाम सरोकार मंचका सचिव खेमराज ढुंगाना ले जिल्ला अस्पतालका मंगलसेनका प्रमुख एमडिजिपि डा. सोनाली बास्कोटालाई सर्जिकल माक्स २५०० पिस, ५०० एम. एल. ह्यान्ड सेनिटाईजर ५ पिस र पि पि ई सेट ८ पिस लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको अछाम सरोकार मंचका सचिव खेमराज ढुंगाना ले बताउनु भयो ।

Read more

सहायक प्रजिअ तिमिल्सैना नेतृत्वको एक टोलि द्धारा जयागढबजार अनुगमन, ५ पसललाई ३० हजार जरिबाना

सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको नेतृत्वमा आएको एक टोलि द्धारा जयागढबजारमा अनुगमन गरीएको छ । जिल्लाको प्रमुख ब्यपारीक केन्द्र  मध्यको एक जयागढबजारमा जिल्लाको एक सर्बपक्षिय टोलि द्धारा यहां संचालित खाद्यन्न पसल हरुमा अनुगमन गरीएको हो । बिगत लामो समयदेखि संचालनमा रहेका ७ पसलमा भएको अनुगमनमा ५ वटा पसललाई ३००००/- अक्षेरुपी तिस हजार जरिबाना र सात वटै पसललाई सचेत गराईएको  जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ  । यस्तै उत्त पसलहरु बाट प्रशस्त परिमाणमा म्याद गुज्रियका अखाद्य बस्तुहरु बरामद गरी नष्ट समेत गरीएको छ ।

Read more

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको एक टोलि द्धारा कमलबजार अनुगमन

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आएको एक टोलि द्धारा कमलबजारमा अनुगमन गरीएको छ । जिल्लाको पुर्बि क्षेत्र मध्यको एक प्रमुख ब्यपारीक केन्द्र कमलबजारमा जिल्लाको एक सर्बपक्षिय टोलि द्धारा यहां संचालित खाद्यन्न पसल हरुमा अनुगमन गरीएको हो । बिगत लामो समयदेखि संचालनमा रहेका धमाला जनरल स्टोर, देउबा जनरल स्टोर र ढकाल जनरल स्टोर लगायतका पसल हरुमा अनुगमन गर्दा पसलहरुमा मुल्य सुचि नराखिएको पाइएको छ । यस्तै उत्त पसलहरु बाट प्रशस्त परिमाणमा म्याद गुज्रियका अखाद्य बस्तुहरु बरामद गरी नष्ट समेत गरीएको छ ।

Read more

आस्था नेपाल, वर्ल्ड भिजन र वाक नेपालद्वारा रु २२ लाख धेरैको स्वास्थ्य सामाग्री सहयोग

कोरोना भाइरसको संक्रमणले महामारीको रूप लिएको बेला जिल्लाका सक्रिय गैरसरकारी संस्थाले सहयोग गर्न थालेका छन जस अन्तरगत आस्था नेपाल, वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालले आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई २२ लाख २४ हजार ७ सय २८ बराबारको स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

Read more

अछाममा ३ अर्ब भन्दा बढी बजेट,सबै भन्दा बढी साँफेबगर नगरपालिकालाई

संघीय सरकारले अछामका स्थानीयतहरुलाई ३ अर्ब ४० करोड ५८ लाख बजेट बिनियोजन गरेको छ । जिल्लाका दश स्थानीयतहहरुका लागी उक्त बजेट बिनियोजन भएको छ ।

Read more

बाढिले बगाएका सपनाहरुको कथा

तलतिर सुसाइरहेको कैलाश खोला, वरिपरी बाढीले क्षतविक्षत बनाएको बस्ती । अनि अग्लो डाँडामा ठिंग उभिएको एक्लो घर । सुनसान गाउँको एकान्तमा उभिएको त्यही एक्लो घरमा बस्छन् रामारोशन गाउँपालिका–५ सनानी गाउँका ९० वर्षीय झंकर साउँद र ७५ वर्षीया श्रीमती सुर्जा साउँद ।

Read more

साँफेबगरको हाटबजार बाढिले डुबान स्थानियले गरे चक्का जाम - फोटो र भिडियो सहि

साँफेबगर नगरपालिका ३ को हाटबजार क्षेत्रका १२ भन्दा बढी घर डुबानमा परेका छ । डुबानबाट ६० भन्दा बढी परिवार विस्तापित हुनुपर्ने अवस्था छ । आफु डुबानमा परी विस्तपित हुनथालेपछी स्थानियले साँफेबगर हाटबजारमा चक्का जाम गरेका छन । स्थानिय जनप्रतीनिधी तथा सरोकारबालाले पटक पटक ढल निकसा गरिने भन्दै  आश्वास्न मात्र दिएको र कहिले पनि आफुले गर्ने कर्तव्य निर्वाह नगरेको भन्दै  आफुहरु चक्का जाम गर्न बध्य भएको स्थानिय व्यावसायी भरत खड्काले बताए ।

Read more

"जोगी जुत्त्या छाराका लागि" - ८० लाख आउँदा ८० करोडको रोईलो

शुक्रबार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट यस  प्रदेशका ६ जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि ८० लाखका दरले रकम बिनियोजन गरेको खबर आयो । खबरसँगै सामाजिक सञ्जालमा सबैका वाल भरिन थाले । एक थरी लेख्न थाले पूर्व उपप्रधानमन्त्री भीम रावलको पहलमा आयो, अर्कोथरी भन्न, लेख्न थाले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीको पहलमा आयो। रकम आउँदै छ भन्नेबित्तिकै भुइँ छाडेर उफ्रिने र नेताकाे जय जयकार गर्ने प्रवृत्तिले अछामी समाजमा  बाल विवाह र छाउपडी प्रथालाई समेत उछिनेको छ ।

Read more
Page 3 of 8