Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

भूमिहीनको लगत संकलन जारी, भरिने फारम र लालपुर्जाबारे अन्योलता र आशंका

सुदूरपश्चिम प्रदेशमा भूमिहिन र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा दिने गरि लगत संकलनको काम सुरू भएको छ।

Read more

आज संसद् विघटन र नियुक्तिविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्दै कांग्रेस

प्रतिनिधिसभा विघटन र सरकारले गरेको संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध आज कांग्रेस सम्बद्ध भातृ संस्थाले प्रदर्शन गर्दैछन्। एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भातृ संस्थाको प्रदर्शन शनिबार गर्न लागिएको जानकारी दिए।

Read more

गुगलमा छ तपाईंको यतिधेरै जानकारी, हटाउने कसरी ?

तपाईंले कल्पना गरेभन्दाे धेरै व्यक्तिगत डेटा गुगलले संकलन गरिरहेको हुन्छ । तपाईंका हरेक सर्च गतिविधिदेखि लिएर युट्युवमा तपाईंले के हेर्नु भयो भन्नेसम्मका सबै कुरा गुगललाई थाहा हुन्छ ।

Read more

५३ करोड फेसबुक प्रयोगकर्ताको डेटा लिक, तपाईंको त परेन ?

५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको डेटा लिक भएको छ । फेसबुक र टेलिग्राम एप एउटै फोनमा प्रयोग गर्ने प्रयोगकर्ताको लिक भएको व्यक्तिगत विवरण अनलाइनमार्फत बिक्रीमा राखिएको छ ।

Read more

गुगलको बग बाउन्टीबाट एक वर्षमै ह्याकरले कमाए ७८ करोड

गुगलले बग बाउन्टी नाममा सन् २०२० मा मात्रै ६.७ मिलियन अमेरिकी डलर अर्थात ७८ करोड २२ लाख रूपैयाँभन्दा बढी रकम ह्याकरलाई उपलब्ध गराएको जनाएको छ ।

Read more

आजको युगमा मोबाइल ‘प्रयोग गर्न जाने फलिफाप, दुरुपयोग गरे अभिशाप’

आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नुहोस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ ।

Read more

नागरिक एपमा नागरिकता सच्याउने सिस्टम तयार भयो

सरकारले हालै परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एपमा धेरै प्रयोगकर्ताको चासो देखिएको छ । तर एपमा नागरिकताको विवरण अनिवार्य गरिएका कारण रेकर्ड फेला नपरेपछि धेरैजसोले खाता नै खोल्न नसकेको गुनासो गरेका छन् ।

Read more

भागरथी भट्टको बलात्कारपछि घाँटी निमोठेर हत्या, विद्यार्थी आन्दोलित

बैतडीको दोगदाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको छ । दोगडाकेदार गाउपालिका-७ चडेपानी (कतोला) घर भई गाउँपालिकाको भवन नजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत किशोरी भागरथी भट्टको विद्यालयत्रबाट घर फर्किने बेला बाटोमा पर्ने जंगलमा बलात्कारपछि हत्या भएको हो ।

Read more

सभामुखले गराए प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता

संवैधानिक निकायहरूमा भएको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सभामुखले सर्वोच्च अदातलमा आफैं उपस्थित भएर रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चमा दायर गरेको रिट निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संवैधानिक परिषद्को कार्यालय, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नियुक्ति लिएका ३२ जना संवैधानिक निकायका पदाधिकारी र मुख्य सचिव शंकरदास बैरागीलाई विपक्षी बनाइएको छ ।

Read more

प्रयोगात्मक अभ्यासमा परनिर्भर, धनगढीका नर्सिङ कलेजहरु मापदण्ड पुरा गरेनन्

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित शैलेश्वरी फारवेष्ट स्कूल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी कलेजले नर्सिङ अध्यापन गराउन थालेको ११ वर्ष भयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट एक शैक्षिक सत्रमा ४० जनालाई नर्सिङ अध्यापन गराउने गरि अनुमति पाएको छ। अनुमति पाएको कलेजले एक सय शैयाको आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने मापदण्ड रहेको हो। तर मापदण्ड पुरा गर्न सो कलेजले प्रयोगात्मक अभ्यासका लागि सेती प्रादेशिक अस्पताललाई छनोट गरेको छ। तर कलेजका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भने अस्पताल खोल्ने समय अझै बाँकी रहेको बताएका छन्।

Read more

आगामी आईपीएलका लागि ८ नेपाली खेलाडीले दर्ता गराए नाम

इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन्।अक्सनका लागि १ हजार ९७ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। यसमा ८ सय १४ भारतिय र २ सय ८३ विदेशी खेलाडी छन्। एसोसिएट राष्ट्रका २७ खेलाडीले आईपीएल अक्सनका लागि नाम दर्ता गराएका छन्। नेपालबाट ८ जना खेलाडी छन्।

Read more

काङ्ग्रेस अछामका उपसभापतिको राजीनामा स्वीकृत , उपसभापतिको जिम्मेवारी नयाँराम बजगाईलाई

नेपाली काङ्ग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुंगानाको राजीनामा स्वीकृत भएको छ । पार्टी विधान र पद्धति अनुसार नचलेको भन्दै ढुंगानाले राजीनामा दिएका थिए ।

Read more

नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटमा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेस तुर्माखाँदको माग

अछामको तुर्माखाँद गाउँपालिका– ४ का नेपाली कांग्रेसका सदस्य झंकर बहादुर बुढाको कुटपिटमा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेस तुर्माखाद गाउँपलिकाले माग गरेको छ।

Read more

एक जना गाडीमा र अर्को एक जना मोटरसाइकलमा हिँड्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै थिए  ।” प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हड्तालले जनतालाई दुःख दिएको बताएका छन् ।

Read more

प्रचण्ड–नेपाल समूहको आम हड्तालको नालिबेली, ट्याक्सीमा आगजनी, १५ सवारीमा तोडफोड, २७ राउण्ड हवाई फायर : १५७ कार्यकर्ता पक्राउ

प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आम हड्तालले देशभरको जनजीवन प्रभावित भएको छ ।

Read more

नेकपा बृहत् सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।

Read more

पसल खोलेको भन्दै आमाछोरीमाथि खन्याइयो उम्लिइरहेको तातो तेल, दुवै घाइते

नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालको अवेज्ञा गरेको भन्दै आमाछोरीमाथि क्रुर व्यवहार भएको छ ।

Read more

नेपाली सेनाका बख्तरबन्द गाडी कैलालीका सडकमा देखिन थाले

कैलालीमा नेपाली सेनाले बख्तरबन्द गाडीहरु कुदाएको छ । आज नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई कैलालीको सडकमा निकालेको हो ।

Read more

अछामका एकेन्द्र कुँवर केपी ओलि समुहमा

नेकपा माधव प्रचण्ड समुहका प्रभावशाली नेता भिम रावल लाई छाडेर उनका नजिक रहेका चर्चित नेता एकेन्द्र कुँवर केपी वली समुहमा लागेका छन । रावलको किचन क्याबिनेट भित्रका मानिने उनकै नगरक्षेत्रका नेता कुवर ओली समुहमा खुल्नु लाई अर्थपुर्ण रुपमा हेरिएको छ । अछाममा तत्कालीन नेकपा एमालेमा लामो समयदेखि काम गरेका अधिकांश नेता कार्यक्रता हरुले पुर्व उपप्रधानमन्त्री रहिसकेका रावलको सट्टा ओली लाई रोजेका छन । यहि सिलसिलामा काठमाडौमा परिचीत नेता कुँवरले पनि अछाम देखि झापाको यात्रा तय गरेका हुन ।

Read more

प्रचण्ड–नेपाल समूहको आम हड्तालले धनगढी बजार बिहानैदेखि बन्द

प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बजार बिहानैदेखि बन्द रहेको छ।

Read more

आमहड्तालको सर्वत्र आलोचना : सामाजिक सञ्जालमा नागरिक समाज, निजी क्षेत्रसहित नागरिकको विरोध

नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालको सर्वत्र विरोध हुन  थालेको छ ।

Read more

विकिपीडियाले दुर्व्यवहार विरुद्ध लड्न जारी गर्‍यो नयाँ आचार संहिता

अनलाइन शब्दकाेषका रूपमा परिचित विकिपीडियाले दुर्व्यवहार र उत्पीडन विरुद्ध लड्न नयाँ आचार संहिता जारी गरेको छ । कम्पनीले आफ्ना भाेल्युन्टर (स्वयमसेवी) का लागि विविधता, समावेशी र पहुँचलाई कायम राख्दै दुर्व्यवहार विरुद्ध लड्न आचार संहिता जारी गरेको हो ।

Read more
Page 86 of 129