Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०२ जेठ २०८१

आगामी आईपीएलका लागि ८ नेपाली खेलाडीले दर्ता गराए नाम

आगामी आईपीएलका लागि ८ नेपाली खेलाडीले दर्ता गराए नाम

इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन्।अक्सनका लागि १ हजार ९७ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। यसमा ८ सय १४ भारतिय र २ सय ८३ विदेशी खेलाडी छन्। एसोसिएट राष्ट्रका २७ खेलाडीले आईपीएल अक्सनका लागि नाम दर्ता गराएका छन्। नेपालबाट ८ जना खेलाडी छन्।

अक्सनमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, अमेरिका एसोसियट राष्ट्रका खेलाडी छन्। आईपीएल अक्सनमा ६१ खेलाडी बिक्ने छन्। एउटा टोलीमा १८ देखि २५ खेलाडी राख्न पाइन्छ। आगामी सस्करणको आइपीएलका लागि कुन कुन खेलाडीले नाम दर्ता गराएका छन् त्यो बारे भने केही खुलाइएको छैन।

आगामी संस्करणको लागि दिल्लीले सन्दीप लामिछानेलाई फुकुवा गरेको छ। सन्दीपले तिन सिजनमा ९ खेलमा १३ विकेट लिएका थिए। गत सिजन भने उनले पूरै समय बेन्चमा बिताएका थिए। यसमा ८ भन्दा बढी विदेशी खेलाडी भने राख्न पाइदैन। आईपीएल खेलाडी दर्ता फेब्रुअरी ४ सम्म रहेको थियो। अक्सन आगामी १८ फेब्रुअरीमा चेन्नईम हुनेछ।

अक्सनका लागि वेष्ट इण्डिजबाट सबैभन्दा धेरै ५६ खेलाडीले नाम दर्ता गराएका छन्। अष्ट्रेलियाबाट ४२, श्रीलङकाबट ३१, अफगानिस्तानबाट ३०, न्युजिल्याण्डबाट २९, इंग्ल्याण्डबाट २१, युएईबाट ९, स्कटल्याण्डबाट ७, बगंलादेशबाट ५ खेलाडीले नाम दर्ता गराएका छन्। यस्तै आयरल्याण्ड, जिम्बाबे र युएसएबाट समान २ जना र नेदल्याण्डबाट १ जना खेलाडीले नाम दर्ता गराएका छन्।

प्रतिक्रिया