Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०२ जेठ २०८१

पसल खोलेको भन्दै आमाछोरीमाथि खन्याइयो उम्लिइरहेको तातो तेल, दुवै घाइते

पसल खोलेको भन्दै आमाछोरीमाथि खन्याइयो उम्लिइरहेको तातो तेल, दुवै घाइते

नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालको अवेज्ञा गरेको भन्दै आमाछोरीमाथि क्रुर व्यवहार भएको छ । 

विराटनगरमा चियानास्ता पसलमा काम गरिरहेका एउटै परिवारका आमाछोरीमाथि बन्दकर्ताहरुले तातो तेल खन्याएका हुन ।  विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनीमाथि तातो तेल खन्याएका हुन । उम्लिइरहेको तेल खन्याइदिएपछि आमा–छोरीको शरीरका विभिन्न भागमा चोट लागेको छ। 

पूर्व मन्त्री एवं दाहाल–नेपाल समूहका नेता शिवकुमार मण्डलको नेतृत्वमा लाट्ठीसहित आन्दोलनकारीको समूह पसलमा पुगेर घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन्। 

त्यो समूहले पसलमासमेत तोडफोड गरिदिएको छ। 

प्रतिक्रिया