Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०३ जेठ २०८१

सुदूर पहाडमा हिमपातसहित वर्षा

सुदूर पहाडमा हिमपातसहित वर्षा

सुदूर पहाडमा हिमपातसहित वर्षा भएको छ।

प्रदेशका बैतडी, बझाङ, डडेल्धुरा लगायतका जिल्लाका उच्च हिमाली तथा लेकाली भेगमा गएराति वर्षासहित हिमपात भएको हो। 

बैतडीको श्रीभावर, ढोल्यामोड, खोड्पे, अनारखोली, बझाङको बित्थड र डडेल्धुरामा वर्षासँगै हिमपात भएको हो भने बाजुराका उच्च हिमाली भेगमा समेत हिमपात भएको छ। 

हिमपातपछि बढेको चिसोले पहाडी जिल्लामा चिसो बढेपछि जनजीवन केही प्रभावित भएको छ। तर किसानहरु भने हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन्।

प्रतिक्रिया