Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २१ बैशाख २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा दाहालको चर्को आलोचना

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्नमा सहमति दिएपछि अध्यक्ष दाहालको आलोचना भएको हो ।

Read more

नेपाली कांग्रेसको महासमिति सदस्यमा युवा नेता ताम्राकार निर्विरोध निर्वाचित

नेपाली काँग्रेसका युवा नेता अर्जुन ताम्राकार नेपाली कांग्रेसको महासमिति सदस्यमा अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्विरोध निर्वाचित भएका छन् । नेता ताम्राकारले २०४६ को जनआन्दोलन देखि नेपाली कांग्रेस पार्टीमा इच्छुक राख्दै आप्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।

Read more

उमेरले कान्छा तर चुनावी मैदानका बलियो उम्मेदवार पुष्प विष्ट

नेपाली कांग्रेस अछामको ७ अौं जिल्ला अधिवेशन मा सबै भन्दा कान्छा उम्मेदवार युवा नेता पुष्प बिष्टले सचिव पदमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन। अछामको रामारोशन गाउँ पालिका बाट उदायका बिष्ट पछिल्लो समयमा अछाम कांग्रेसको माझमा निकै लोकप्रिय र सक्रिय रुपमा परिचित छन ।

Read more

पल प्रकरणः १० वेबसाइटमाथि प्रतिबन्ध, १६ युट्युबरलाई साइबर अपराधको मुद्दा

नेपाल प्रेस काउन्सिलले अभिनेता पल शाह प्रकरणमा १० वेब पोर्टलमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पत्रकार आचार संहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिलले १० वेब पोर्टल नेपालभित्र चल्न नपाउने गरी प्रतिबन्धका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई सिफारिस गरेको हो । यस बाहेक काउन्सिलले १६ युट्युब च्यानलमाथि अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा सिफारिस गरेको छ । सँगसँगै २२ अनलाइन मिडियालाई यही आरोपमा सचेत गराइएको प्रेस काउन्सिलले जनाएको छ ।

Read more

बलात्कार अनुसन्धानलाई तमासा बनाउँदै आरोपितका समर्थक

किशोरीमाथि जबर्जस्ती करणी र यौन शोषणको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि सामाजिक सञ्जालमा पीडितमाथि नै लाञ्छना लगाउने र आरोपितको पक्षमा पैरवी गर्ने प्रतिस्पर्धा नै चलेको छ । नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी बालिकासँग ‘सहमति लिएरै’ पनि यौन सम्पर्क गरेमा बलात्कार ठहरिन्छ । तर, प्रचलित कानुन, प्रहरी अनुसन्धान र अदालतलाई समेत प्रभावित गर्न तथा पीडितलाई ‘आतंकित’ बनाउन अहिले सिने कलाकारहरू नै लागेका छन् ।

Read more

एमसीसी परियोजनाः २ लाख रुख काट्ने, २४ सय रोपनी जग्गा अधिग्रहण गर्ने यस्तो छ तयारी

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)ले निर्माण गर्ने प्रसारणलाइन परियोजनाका लागि २ लाख रुख काट्नुपर्ने तथा साढे २४ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ।

Read more

२५ सयनजिक आयो नेप्से, दुई महिनायताकै न्यून

नेप्से परिसूचक एकोहोरो घट्न थालेसँगै दुई हजार पाँच सयको बिन्दुमा आइपुगेको छ । बुधबार नेप्से परिसूचक एकै दिन ६३ दशमलव ५४ अंक (२ दशमलव ४३ प्रतिशत)ले घटेर दुई हजार पाँच सय ४७ दशमलव शून्य ४ बिन्दुमा आइपुगेको हो । यो करिब दुई महिनायताकै न्यून बिन्दु हो । यसअघि गत १४ पुसमा नेप्से परिसूचक दुई हजार पाँच सय २४ बिन्दुमा थियो । हाल नेप्सेले कायम गरेको बिन्दु त्यसयताकै न्यून हो ।

Read more

ओरालो यात्राका सूचकहरू !

नेपालमा मुद्रास्फितिको दर विगतको ३.५६ प्रतिशतबाट बढेर करिब ६ प्रतिशत छ । युक्रेनमाथि रुसको आक्रमणले तेलको मूल्य अझ माथि जानेछ भने उपभोग्य वस्तुको आपूर्तिमा समस्या खडा हुने देखिन्छ ।

Read more

निर्वाचनमा सार्वजनिक सम्पतिको प्रयोग र दुरुपयोग दुवै गर्न नपाइने

अगामी वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले सार्वजनिक तथा सामुदायिक सम्पति प्रयोग, अतिक्रम र दुरुपयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो। राजनीतिक दल तथा उम्मेदवारहरुले कुनैपनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग, अतिक्रमण, दुरुपयोग वा क्षति पुर्याउन गरी कुनै कार्य गर्न\गराउन नपाउने आयोगले स्पष्ट भनेको छ। कुनै सार्वजनिक संस्था, निकाय वा सामुदायिक विद्यालय वा महाविद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन र जुनसुकै भौतिक साधन प्रयोग गर्न गराउन पूर्णतः रोक लगाउने ब्यवस्था गर्न गराउन आयोगले निर्देशन दिएको छ।

Read more

टिकटकमा अब १० मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने

चिनियाँ भिडियो एप टिकटक अहिले संसारमै सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो । पछिल्ला वर्षमा नेपालमा पनि यसको लोकप्रियता बढिरहेको छ । छोटो भिडियो प्लेटफर्मको रुपमा यसलाई सबै उमेर र वर्गका मानिसले रुचाएका छन् । सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले टिकटक अकाउण्ट खोलेका छन् ।

Read more

एमसीसीले माग्यो परियोजना व्यवस्थापकदेखि कार्यालय सहयोगीसम्म

एमसीसीका कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा लैजान तयारीका लागि सडक मर्मत तथा प्रविधि सहायतातर्फको परियोजना व्यवस्थापकदेखि ड्राइभर तथा कार्यालय सहयोगीसम्मका पदमा जागिर खुलाएको छ ।

Read more

रुसी आक्रमणमा परी विश्वको सबैभन्दा ठूलो विमान ध्वस्त

एन्टोनोभको व्यवस्थापन गर्दै आएको युक्रेनको सरकारी रक्षा कम्पनी युक्रोबोरोनप्रोमका अनुसार विमानको मर्मतका लागि ५ वर्षभन्दा बढी समय र ३ अर्ब अमेरिकी डलर लाग्न सक्नेछ । युक्रेनको उड्डयन र हवाई कार्गो क्षेत्रमा रुसले जानाजान क्षती पुर्याएको भन्दै विमानको सम्पूर्ण मर्मत लागत रुसले व्यहोर्नुपर्ने पनि कम्पनीले जनाएको छ ।

Read more

रुसमा आर्थिक प्रतिबन्धको असर : ब्याजदर ९.५% बाट बढेर २०% पुग्यो, रुवल इतिहासकै कमजोर

गत साता अमेरिका, क्यानडा र युरोपेली देशहरुले विश्वका २०० भन्दा बढी देशका ११ हजार बढी बैंकहरु जोड्ने ‘स्विफ्ट’ प्रणालीबाट रुसका प्रमुख बैंकहरुलाई हटाउने निर्णय गरेका थिए । जसको असर पनि रुसी बैंकहरुमा देखिन थालेको छ ।

Read more

स्थानीय तह चुनावका लागि आयोगमा ८० दलको निवेदन

वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि ८० वटा राजनीतिक दलले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फागुन ५ गतेदेखि हिजो १५ गतेसम्मको समयसीमामा ८० वटा राजनीतिक दलले दर्ताको लागि निवेदन दिएका आयोगले जनाएको छ ।

Read more

धेरै जितेँ नभन्नोस्, व्याख्यात्मक घोषणा भनिए पनि एमसीसीमा कुनै परिवर्तन हुँदैन : रिजाल

कसैको मुज (जुँगा) निचा (मुनि) गर्न मिलेन भनेर त्यो व्याख्यात्मक टिप्पणी आवश्यक पर्‍यो

Read more

गहन विषयमाथि फितलो फिल्म- 'म यस्तो गीत गाउँछु २'

कथाको प्रस्तुति, दृश्यभाषा र पात्रहरुको अभिनयले फिल्ममा देखाइएको संसारलाई दर्शकले सजिलै विश्वास गरिरहेका हुन्छन् । त्यही विश्वासले दर्शक फिल्मको कथा, पात्रहरुमा आफैंलाई देख्छन्, भेट्छन् अथवा त्यसमा बाँधिन्छन् । तर त्यही दृश्यले कथाको संसार सिर्जना गर्न सकेन भने, फिल्म कस्तो बन्छ ? सुदर्शन थापा निर्देशित 'म यस्तो गीत गाउँछु २' यसैको उदाहरण बनेको छ ।

Read more

पल शाह प्रहरी हिरासतमा

जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले आफ्नो हिरासतमा लिएको छ । उनले आइतबार नै सामाजिक सञ्जालमा आफू प्रहरी सामु उपस्थित हुने भएका थिए । जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी युवराज खड्काले शाह पक्राउ परेको पुष्टि गरे ।

Read more

रुसलाई स्विफ्ट बैंकिङ प्रणालीबाट अलग गरिने, अन्तर्राष्ट्रिय आर्थिक कारोबार गर्न नपाउने

रुसविरुद्ध कडा कदमहरु चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु रहेको बताएकी छन्।

Read more

गठबन्धन जोगाउन एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

Read more
Page 43 of 129