Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०४ जेठ २०८१

स्थानीय तह चुनावका लागि आयोगमा ८० दलको निवेदन

स्थानीय तह चुनावका लागि आयोगमा ८० दलको निवेदन

वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि ८० वटा राजनीतिक दलले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फागुन ५ गतेदेखि हिजो १५ गतेसम्मको समयसीमामा ८० वटा राजनीतिक दलले दर्ताको लागि निवेदन दिएका आयोगले जनाएको छ ।

आयोगमा नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलले दर्ताको लागि निवेदन दिएका छन् । दल दर्ताको लागि निवेदन दिने समय सकिएको छ । दल दर्ताको लागि आएका निवेदन अध्ययन गरेर अबको एक हप्ताभित्र दलका नाम राजपत्रमा प्रकाशित गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगबाट १ सय ११ दलले मान्यता पाएका भए पनि ८० दलले मात्रै दर्ताको लागि निवेदन दिएका हुन् ।

प्रतिक्रिया