Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०८ जेठ २०८१

नेपाली कांग्रेसको महासमिति सदस्यमा युवा नेता ताम्राकार निर्विरोध निर्वाचित

नेपाली कांग्रेसको महासमिति सदस्यमा युवा नेता ताम्राकार निर्विरोध निर्वाचित

नेपाली काँग्रेसका युवा नेता अर्जुन ताम्राकार नेपाली कांग्रेसको महासमिति सदस्यमा अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्विरोध निर्वाचित भएका छन् । नेता ताम्राकारले २०४६ को जनआन्दोलन देखि नेपाली कांग्रेस पार्टीमा इच्छुक राख्दै आप्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।

२०४६ सालमा नेबि संघ इकाइ सभापति रहेका नेता ताम्राकारले २०५३ सालमा किसान संघको सचिव पद निकै जिम्मेवारी पुर्वक निर्वाह गर्नुभएको थियो । अछाममा समाजको हक हितका लागि आफ्नो जीवनमा सम्र्पण गर्दै आउनु भएका ताम्राकार २०५६ र २०६० सालमा दुई कार्यकाल दलित संघ अछामको अध्यक्ष  हुँदै २०६६ साल मा नेपाल दलित संघको केन्द्रीय सदस्य  हुनु भएको थियो ।

देशमा गणतन्त्र लोकतन्त्र ल्याउनका लागि २०६२/०६३ सालमा भएको १९ दिने जनआन्दोलनमा ताम्राकारले अछामको कारागार बसेर निकै यातना भोग्नु भएको थियो । उहाँ २०६९ सालको नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि र २०७३ सालमा नेपाल दलित संघको केन्द्रिय सदस्य रहुन भएको थियो ।

प्रतिक्रिया