Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

नेपाली कांग्रेस अछामद्धरा दुई युवा जिल्ला कार्य समितिमा मनोनीत

नेपाली कांग्रेस अछामद्धरा दुई युवा जिल्ला कार्य समितिमा मनोनीत

साउन ११ , अछाम

नेपाली कांग्रेस अछामले पार्टीका लागि महत्वपुर्ण योगदान पुर्याएको भन्दै अछामका दुइ जना युवालाई आमन्त्रित जिल्ला कार्य समितिमा मनोनीत गरेको छ ।

सोमबार मंगलसैनमा बसेको पार्टीको बैठकले नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँर र साँफेबगर नगरपालिका ३ सिद्येश्वर घर भइ हाल जापान बस्ने नेपाली जनसम्पर्क समिति जापानको कान्तो क्षेत्रीय समितिका सचिव लोकेन्द्रजंग कुवँरलाई मनोनीत गरिएको हो ।

युनियनका केन्द्रि सदस्य रामबहादुर कुवँरले लामो समय देखि नेपाली कांग्रेसको शुभेच्छुक संस्थामा रहेको प्रेस युनियनमार्फत पार्टीको लागि काम गरेको र जापाल कान्तोका क्षेत्रिय सचिव एवं समाजसेवी लोकेन्द्रजंग कुवँरले विदेशबाट समेत पार्टीको हितमा काम गरेकाले सो मुल्याकन गर्दै सदस्यमा मनोनीत गरिएको सभापति स्वारले बताउनुभयो । मनोनीत पत्र  कुवँरद्धयलाई हस्तान्त्रण गर्दै स्वारले पार्टीलाई थप मजबुद बनाउन युवाहरुलाई एकजुट गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया