Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

१४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने गगन थापाको घोषणा

१४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

आज काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

१३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बन्नुभएको थियो । कांग्रेसको कृष्णप्रसाद सिटौलाको खेमाबाट उठेका थापा पराजित हुनुभएको थियो । यस पटक सर्वसम्मत रुपमा चयन हुने प्रयत्न गर्ने थापाले बताउनुभयो ।

थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ ।

प्रतिक्रिया