Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम भयोः माधव नेपाल

घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम भयोः माधव नेपाल

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूको विरोध व्यक्ति विशेषका लागि नभएर समग्र प्रवृत्तिको विरोध भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले सोमबार काठमाडौँमा गरेको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाइ कार्यक्रममा नेता नेपालले केही व्यक्तिमा गलत प्रवृत्ति हावी भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफूहरूको विरोध भएको बताएका हुन् ।

उनले आफ्नो समर्थन नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई घाँडो ठानेको तर्क गरे । घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको उनको टिप्पणी छ ।

उनले भने, ‘घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको छ । गलत कुराको हार र सत्यको जीत हुन्छ । ‘

केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भर्‍याङ बनाइदियो उसैलाई सडकमा पुर्‍याएको उनले बताए ।

प्रतिक्रिया