Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

एमालेले पार्टी विवाद मिलाउन अन्ततः सच्याउने भयो गत फागुन २८ को निर्णय

एमालेले पार्टी विवाद मिलाउन अन्ततः सच्याउने भयो  गत फागुन २८ को निर्णय

काठमाडौं - सत्ताधारी दल नेकपा एमालेको अनुशासन आयोगले पार्टी विवाद मिलाउन गत फागुन २८ गतेको निर्णय सच्याउनुपर्नेमा जोड दिएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीलाई एक ढिक्का बनाउन उक्त निर्णय सच्याउनुपर्नेमा जोड दिनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बैठकमा असहमत पक्षलाई कुनै सूचना नदिएर निर्णय गरेकाले तत्काल सच्याउनुपर्नेमा जोड दिइएको छ । पार्टीमा बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरू खोजिनुपर्नेमा उल्टै महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर स्थितिलाई थप असहज बनाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया