Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

प्रधानमन्त्री ओलीले वैशाख ९ गते बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने

प्रधानमन्त्री ओलीले वैशाख ९ गते बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल्खुमा निर्माण हुने पार्टी कार्यालय वैशाख ९ गते शिल्यान्यास गर्ने भएका छन् ।

२०७२ को भूकम्पले भत्काएको मुख्यालय फेरि निर्माण गर्न अध्यक्ष ओलीले शिल्यान्यास गर्ने तयारी भएको कार्यालय सचिव ईश्वरी रिजालले बताए ।

बल्खुमा पार्टी कार्यालय शिल्यान्यास गरिएकै दिन धुम्बाराहीको पार्टी कार्यालय बबरमहलबाट सञ्चालनमा पनि ल्याइने उनले बताए ।

बल्खुको पार्टी कार्यालय भूकम्पबाट भत्किएपछि एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट चल्दै आएको थियो । तर, चक्रपथ सडक बिस्तारले कार्यालय सञ्चालनमा असर गरेको भन्दै एमालेले बबरमहलमा कार्यालय सारेको छ ।

प्रतिक्रिया