Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

वायु प्रदूषणबारे छलफल गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

वायु प्रदूषणबारे छलफल गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ – संसदमा वायु प्रदूषण बारेमा छलफल गराउन माग गर्दै गगन थापासहितका ४ जना सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

सांसदहरू गगन थापा, भिमसेनदास प्रधान, राजेन्द्रकुमार केसी र जीवनराम श्रेष्ठले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएको र वायु प्रदूषण न्यूनीकरण गर्न तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्नुपर्ने तयारी र पहलकदमीका विषयमा प्रस्ताव दर्ता गराएको सांसद थापाले बताए ।

मंगलबारका लागि बोलाइएको संसदको बैठकमा छलफल शुरु हुने अपेक्षा लिएको उनले बताएका छन् ।

प्रतिक्रिया