Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

केही दिनभित्र जनपक्षीय सरकार बनाई अब नयाँ युगको सुरुवात हुने  प्रचण्डको दाबी

केही दिनभित्र जनपक्षीय सरकार बनाई अब नयाँ युगको सुरुवात हुने  प्रचण्डको दाबी

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरे पनि खतरा नटरेको बताउनुभएको छ ।

चितवनको माडीमा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को कार्यक्रममा दाहालले केही दिनभित्र केन्द्रमा नयाँ कायापलट हुने खुलासा गर्नुभयो ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई तह लगाउने अन्तिम प्रयासमा आफूहरु रहेको दाहालले बताउनुभयो ।

त्यसको तयारीस्वरुप आज काठमाडौँमा राजनीतिक दलहरुसँग बैठक रहेको उहाँले बताउनुभयो ।


उहाँले निरंकुश सरकारको पतन गराएर र जनपक्षीय सरकार बनाई अब नयाँ युगको सुरुवात हुने दाबी गर्नुभयो ।

प्रतिगमनका विरुद्ध सडकमा आएका राजनीतिक दलको सहकार्यमा नयाँ सरकार छिट्टै बन्ने उहाँको भनाइ छ।

प्रतिक्रिया