कर्णालीका नवनियुक्त तीन मन्त्रीले लिए सपथ
काठमाडौँ - कर्णाली प्रदेशका नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । कर्णाली प्रदेशको विस्तारित मन्त्रिमण्डलमा नियुक्त मन्त्रीहरूले आइतबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
नन्दसिंह बुढाले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापाले भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने नेकपा एमालेको माधव नेपाल समूहका तीन जनालाई शनिबार साँझ मन्त्रीमा नियुक्त गरेका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया