Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

मुख्यमन्त्री  शाहीले दिए फ्लोर क्रस गर्ने तीन एमाले सांसदलाई मन्त्री ‘पुरस्कार’

मुख्यमन्त्री  शाहीले दिए फ्लोर क्रस गर्ने तीन एमाले सांसदलाई मन्त्री ‘पुरस्कार’

काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषद हेरफेर गरेका छन् । पार्टी ह्वीप उल्लंघन गर्दै सरकारको पक्षमा मतदान गर्ने ती एमाले सांसदलाई उनले मन्त्री बनाएका छन् ।

एमाले सांसद नन्दसिंह बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास मन्त्री र कर्मराज शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन् । उनीहरु तीनैजनालाई आज एमालेले पार्टी र संसदबाट निस्काशित गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया