Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २६ बैशाख २०८१

नेपाल–खनाल समूहको सुदूरपश्चिमका ९ जिल्लामा समानान्तर कमिटी गठन

नेपाल–खनाल समूहको सुदूरपश्चिमका ९ जिल्लामा समानान्तर कमिटी गठन

काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा समानान्तर कमिटि बनाएको छ ।

नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता भीम रावलको सक्रियतामा ९ जिल्लामा आज समानान्तर कमिटि गठन भएको हो । ६ जिल्लामा यसअघि नै सो समूहका अध्यक्ष थिए ।

समानान्तर कमिटिको अध्यक्षमा क्रमशः डडेल्धुरामा डा।तारा जोशी, डोटीमा चक्र मल्ल, बझाङमा दिलबहादुर सिंह, बैतडीमा महादेव भट्ट र बाजुरामा गगन रावल चयन भएको नेता भीम रावलले जानकारी दिनुभएको छ ।

दार्चुलामा यसअघि उपसचिव रहेका ज्ञानेन्द्र घर्ती समानान्तर कमिटिको अध्यक्ष बन्नुभएको छ । यस्तै, अछाममा समानान्तर कमिटिको अध्यक्ष शेरबहादुर कुँवर बन्नुभएको छ ।

प्रतिक्रिया