Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

भोलिका लागि क्षमतावान र बौद्धिक नेतृत्व छानौ: हरि प्रसाद जोशी​

भोलिका लागि क्षमतावान र बौद्धिक नेतृत्व छानौ: हरि प्रसाद जोशी​

धनगढी - राज्यको चौथो अंग सञ्चारकर्मी अहिले चुनावमा केन्द्रित छन् । नेपाल पत्रकार महासंघको चुनाव लागेको छ । संघ, प्रदेश र जिल्ला साखामा यस बर्ष एकै दिन चुनाव हुँदै छ । आगामी चैत २५ गते पत्रकार महासंघको चुनाव हुन लागेको हो । सुदूरपश्चिम प्रदेशमापनि प्यानल सहित र अलग्गै गरी दुई प्यानलले उम्मेदवारी दिइसकेका छन् । ११ संगठनको गठबन्दनबाट सुदूरपश्चिम प्रदेश सचिव पदका साझा उम्मेदवार हरि प्रसाद जोशीसंग चुनावी सरगर्मी र उनका एजेण्डाका बारेमा केन्द्रित रहेर  शंकर बोहराले गरेको कुराकानी ।

हरि जी पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको सचिवमा उम्मेदवारी दिनुभएको छ तपाइको उम्मेदवारी किन त ?

संघियता संगै पत्रकार महासंघपनि नयाँ अभ्यासमा गइसकेपछि हामी दोश्रो कार्यकालका लागी चुनावी मैदानमा छौँ । देशैभरी प्रत्यक्ष निर्वाचन प्रणाली हुँदैछ । दुई तिन वटा कुरा छन् पत्रकारका बिषयमा धेरै बहसहरु चले तर ति बहसलाई हामीले ब्यवहारमा उतारेनौँ । खासगरी पत्रकारका ब्यवसायीक क्षमता अभिबृद्धीका कुरा, मिडिया हाउस र पत्रकारको सहकार्य, पत्रकारहरुलाई आर्थिक हिसाबमा कसरी बलियो बनाउनुपर्छ भन्ने कुरामा लाग्न सकेका छैनौँ । खासगरी नितिगत रुपमा राज्यलाई जवाफदेही बनाउने गरी लड्दैछौँ । पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको सचिवमा मैले उम्मेदवारी दिएको छु । खासगरी राज्यलाई मिडियासंग कनेक्ट गर्ने, कम्तिमा राज्यले मिडिया हाउस र पत्रकारका पक्षमा काम गर्ने गरी ल्याउनुपर्छ ।
पत्रकारका समस्या कसरी समाधान गर्न सकिन्छ । मैले खासगरी पत्रकारको क्षमता अभिबृद्धी गर्नका लागी र पत्रकार र सञ्चारगृहको हक हितका लागी काम गर्न उम्मेदवारी दिएको हुँ ।


२५ गते निर्वाचन हुँदै छ छोटो समय छ अब सबै मतदाताले नचिनेका होलान तपाइको पृष्टभुमी बारे सबैलाई थाहा नहोला ?
मैले २०६४ सालमा रेडियो क्षेत्रबाट पत्रकारिता शुरु गरेको हुँ । मैले आम सञ्चार र पत्रकारिता बिषयमा स्नातकोत्तर गरिसकेको छु । मेरो १४ बर्षिय मिडिया अनुभव छ । पत्रकारिता क्षेत्रमा हिजोको पुस्ताले गरेको योगदान अतुलनिय छ । सुचना प्रबिधि र अहिलेको युग सुहाँउदो बिकासका लागी हामी जस्तो युवा आउने र नयाँ अभ्यासको थालनी गर्नुपर्छ भन्ने हो । म अहिले रेडियो धनगढीको कार्यकारी छु भने धनगढी खबरको सम्पादक छु । मैले सुदूरपश्चिमका बिभिन्न मिडियामा काम गरेर अहिले सचिवको उम्मेदवारसम्म पुगेको हुँ ।

तपाई युवा अवस्थामा हुनुहुन्छ, बौद्धिक ब्यक्तीपनि हो अहिले केही युवाले नेतृत्व पाउन सक्ने सम्भावनापनि छ अब सचिवको जिम्मेवारी पाइसकेपछि कसरी काम गर्नुहुन्छ ?

 

यो मेरालागी अवशर हो । पत्रकारिता क्षेत्रमा हाम्रा अग्रजहरुले धेरै काम गरेका छन् । अब अहिले युवाले अवशर पाउनुपर्छ भनेर धेरै क्षेत्रमा बहस चलिरहेका बेला पत्रकार महासंघमापनि केही युवा नेतृत्वमा आइरहेका छन् यो हाम्रा लागी निकै अवशर हो । हामीभन्दा अग्रजका राम्रा कुराहरुलाई अगांल्दै हामीले अब नयाँ काम गर्नुपर्छ । पत्रकारिता क्षेत्रमापनि भविश्य छ है भनेर बिश्वास दिलाउन र प्रमाणित गर्न हामी जस्ता युवाहरुले जान जरुरी छ । पत्रकारिता क्षेत्रमा धेरै बिकृती बिसंगतीहरु छन् तर अहिले त्यो भन्नुभन्दापनि पत्रकाररिता क्षेत्रमा भएका काम, बिषयहरुलाई हामीले नितिगत रुपमा उठाएर समाधान गर्नुपर्छ ।

म सुदूरपश्चिमाञ्चल क्याम्पसमा स्नातक तहमा पत्रकारिता बिषयनै पढाइरहेको छु । कम्तिमा समाचारको क्षमता कस्तो कुन समाचारले समाजमा कस्तो प्रबाह गर्छ । पत्रकारहरुलाई त्यो कुरामा जिम्मेवार र जवाफदेही बनाउन यी संस्थामा हाम्रो उपस्थिती हुनुपर्छ । पत्रकारको क्षमता अभिबृद्धी र सञ्चार माध्यमको दिगो बिकासका सवालमा म मेरो कार्यकालभरी कटिबद्ध रहने छु ।

ति त तपाइका चुनावी बाचा छन् सुदूरपश्चिममैपनि १ हजारभन्दा बढी पत्रकारहरु छन अधिकाशंले न्युनतम पारिश्रमिक पाएका छैनन् पत्रकारिता गरेरै जिवन निर्बाह गर्न सकिने अवस्था छैन अब यो मुद्धामा तपाइको टिमले कसरी काम गर्छ ?

न्युनतम पारिश्रमिक को पश्न सही उठाउनुभयो । करिब १२ सय पत्रकार महासंघका सदस्यहरु छन् । अँझै सदस्यता नपाएका धेरै छन् । पत्रकारहरुले न्युनतम पारिश्रमिक नपाउनुका समस्या धेरै छन् । साना लगानीका मिडियाहरुका समस्या उकातिर छन्, यसका लागी सरोकारवालाहरुसंग छलफल गर्ने, हामीले अहिले गरिरहेको पत्रकारिताले सञ्चारगृह र पत्रकारको भविश्य छ की छैन भन्ने बिषयलाईपनि उठाइन्छ ।

हाम्रो अध्यक्षको उम्मेदवारनै डाइनामिक हुनुहुन्छ पहिलो कार्यकाल महासचिव खाइसकेको ब्यक्ती योगेश रावल हुनुहुन्छ । उहाँलाई सबै पत्रकारका पिडा बारे थाहा छ । उहासंग हामी काम गर्ने हो । हामी पत्रकार महासंग सुदूरपश्चिमलाई निकै उत्कृष्ट बनाउने प्रयत्न गर्ने छौँ ।

२५ गते चुनाव छ तपाइले मतदातासंग पुग्न समयपनि कम छ अब कसरी मतदाता रिझाउनुहुन्छ के छ तयारी ?

इो चुनौतीपुर्ण छ भौगोलिक रुपमा हिमाल, पहाड, तराई छ । प्रत्येक जिल्लामा जाने कोसिस गरिरहेका छौँ । सबै पत्रकारलाई भेट्न सकिन्छ म भन्दैन । अहिले पत्रकार महासंघले ऐतिहाँसिक काम गरेको छ जुन प्रत्यक्ष निर्वाचन प्रणाली लागु गरेको छ ।े जिल्ला जिल्लामा हाम्रो टिम त छ हामी सबैसंग पुग्ने प्रयासमा त छौँ । कतिको सम्भव हुन्छ । म के भन्छु भने मेरा अग्रज, मित्रहरु, साथीहरु, भाइ बहिनिहरु जेपनि पत्रकारका मतदाता हुनुहुन्छ । हामीलेनै सभ्य समाज निर्माणमा र राज्यलाई सहि दिशामा ल्याउन पहस गर्ने हो । हामीले दिने समाचार, बिचारहरुले समाजको दिशा निर्देश हुन्छ । यस कारण सबै पत्रकारहरुलाई आग्रह गर्दछु की ।

केन्द्र देखी प्रदेश र जिल्लासम्म यस्तो नेतृत्व छानौँ की तपाइलाइपनि महसुस होस की अहिलेको देशको परिस्थिती, पछिल्लो पटक भइरहेका बिकास लगायतलाई कुन ब्यक्तीले कसरी काम गरिरहेको छ । यो बुझ्नुपर्छ । २५ गते हुने निर्वाचनमा सभ्य र सही नेतृत्व छानौँ । भोलीका लागी तपाइले महसुस गर्ने गरी नेतृत्वले काम गर्ने छ । २५ गते हुने निर्वाचनमा सही नेतृत्व छानौँ ।
हामी सबैसंग पुग्न सक्छौँ या सक्दैनौ थाहा छैन । यो त्यो भन्दापनि सबल सक्षम नेतृत्व र युवा नेतृत्वका लागी मत माग्दछु ।

प्रतिक्रिया