Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । फागुन १३ गते मस्तिष्कघात भएर उपचाररत जोशीको आज (शुक्रबार चैत १३) गते निधन भएको हो ।

अस्पतालले राती ८ः२४ बजे निधन भएको जानकारी दिएको स्वकीय सचिव पुष्करराज पाण्डेले जानकारी दिनुभयो । चिकित्सकहरूले ८ः २४ मा निधन भएको खबर दिएको उहाँको भनाइ छ ।

जोशीलाई फागुन १३ गते राती स्वास्थ्यमा समस्या देखिएपछि परिवारले वीर अस्पतालमा पुर्‍याएका थिए ।

परिक्षणका क्रममा उहाँको मस्तिष्कमा रगत जमेको भन्दै वीर अस्पतालले तत्कालै नर्भिकमा रेफर गरेको थियो ।

नर्भिकमा उपचारको एकसातापछि जोशीको स्वास्थ्यमा सुधार आइ उहाँलाई भेन्टिलेटर बाहिर पनि राखिएको थियो । तर लगत्तै उहाँको स्वास्थ्यमा पुनः जटिलता आएपछि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

प्रतिक्रिया