Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

फागुन २८ यता पार्टीले गरेका कुनै निर्णय फिर्ता हुँदैनन्ः ओली

फागुन २८ यता पार्टीले गरेका कुनै निर्णय फिर्ता हुँदैनन्ः ओली

काठमाडौं - प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेदेखि यता पार्टी केन्द्रीय कमिटी र संसदीय दलद्वारा गरिएका निर्णय फिर्ता नहुने बताएका छन् ।

आज९शुक्रवार० बालुवाटारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो निर्णय गरेका हुन् ।

बैठकमा ओलीले पार्टीले स्पष्टीकरण मागेका नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको समेत बताएका छन् । ओलीले माधवकुमार नेपाल र भीम रावलले दिएको स्पष्टीकरण कारवाही गर्न योग्य रहेको बताउँदै उनीहरुलाई कारवाही हुनसक्ने संकेत समेत देखाए ।

आजको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा उक्त पक्षका सांसदहरु सहभागी भएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल भने उक्त बैठकमा सहभागी भएका थिएनन् ।

आज नेपाल पक्षका सांसदहरुको केन्द्रीय कमिटी बैठकले उक्त बैठकमा सहभागी हुने बताएका थिए ।

यसअघि गत चैत ७ गते प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल पक्षका सांदसहरु उपस्थित भएका थिएनन् ।

प्रतिक्रिया