Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २१ बैशाख २०८१

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम पुनः हेरफेर

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम पुनः हेरफेर

काठमाडौं - नेपाल पत्रकार महासंघले निर्वाचन कार्यक्रम पुनः हेरफेर गरेको छ । महासंघले बिहिवार साँझ एक सूचना प्रकाशित गर्दै निर्वाचन कार्यक्रम हेरफेर गरिएको जनाएको हो । सूचनामा नेपाल पत्रकार महासंघको मिति २०७७ चैत २५ गते सम्पन्न हुने निर्वाचनको लािग यसअघि प्रकाशित निर्वाचन कार्यक्रम परिवर्तन गरी अन्तिम मतदाता नामावली प्रकाशन चैत्र १३ गते साँझ ५ बजेसम्म तोकेको छ ।

त्यसैगरी उम्मेद्वारको मनोनयन १४ गते बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म, उम्मेद्वारको नामावली प्रकाशन सोही दिन साँझ ६ बजे र उम्मेद्वार उपर दाबी बिरोध चैत १७ गते दिउँसो १ बजेसम्म गर्न सकिने जनाईएको छ ।

महासंघले हेरफेर गरेको निर्वाचन कार्यक्रममा उम्मेद्वारले नाम फिर्ता चैत १७ गते दिउँसो ३ बजेसम्म गर्न सकिने जनाएको छ । त्यस्तै महासंघद्वारा जारी सूचनाका अनुसार अन्तिम नामावली प्रकाशन चैत १७ गते साँझ ६ बजे हुनेछ ।

महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान देशैभर २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने र सोही दिन मतदान सकिए लगत्तै मतगणना शुरु हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया