Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

प्रधानमन्त्री ओलीले डाके  भोलि एमाले संसदीय दलको बैठक

प्रधानमन्त्री ओलीले डाके  भोलि एमाले संसदीय दलको बैठक

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बोलाउनुभएको छ।

भोलि दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो । यस्तै, भोली नै नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिनुभएको छ ।

ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताउनुभयो । ‘पार्टी अहिले अप्ठ्यारो अवस्थामा छ । पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै छलफलको एजेण्डा हो’, ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया