Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

१३ बुँदे स्पष्टिकरण लेख्दै माधव नेपालले गरे अध्यक्ष ओलीसँग उल्टै प्रश्न  (स्पष्टीकरणसहित)

१३ बुँदे स्पष्टिकरण लेख्दै माधव नेपालले गरे अध्यक्ष ओलीसँग उल्टै प्रश्न  (स्पष्टीकरणसहित)

काठमाडौं-  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् । उनले १३ बुँदे स्पष्टीकरण लेख्दै आफूले नभई पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै विधान उल्लंघन गरेको र उनैलाई कारबाही हुनुपर्ने बताएका हुन् ।


अध्यक्ष ओलीलाई सम्बोधन गर्दै माधव नेपालले केपी ओलीले गरेका गतिविधिहरु नेकपा ९एमाले० को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुनेभई कारबाही गरिनुपर्ने प्रकृतिको देखिएको बताएका छन् ।


यस्ने नेता नेपालले पार्टी एमाले ब्युँतिएपछि छलफल नराखेको र आफूखुसी निर्णय गरेको भन्दै प्रतिप्रश्न गरेका छन् ।

हेर्नुहोस् स्पष्टकरणको पूर्ण पाठ

प्रतिक्रिया