Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

कोरोना सङ्क्रमलाई भयावह हुन नदिऔंः प्रम ओली

कोरोना सङ्क्रमलाई भयावह हुन नदिऔंः प्रम ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले कोरानोको भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए ।

उनले पूर्णरूपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दुरी कायम राख्नुपर्नेमा जोड दिए । कोरोना पूर्णरूपमा नियन्त्रण नगरेसम्म खतरा रहिरहने भन्दै उनले सबै सचेत हुनुपर्ने बेला आएको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको दावी गरे । उनले कोरोना औलो वा पोलियो रोगजस्तो नभएको बताए ।

नेपालमा विदेशमा जस्तो कोरोना फैलन नदिने उनले जिकिर गरे ।

प्रतिक्रिया